News

झापाको कचनकवलमा थप ९ जनामा कोरोना संक्रमण

भद्रपुर (झापा)। दक्षिणी झापाको कचनकवल गाउँपालिकामा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गाउँपालिकामै सोमबार एक युवकमा कोरोना भाइरस पुष्टि भएसँगै त्यहाँ मात्र सङ्ख्या १० पुगेको हो।योसँगै झापामा कोरोना संक्रमितको सङ्ख्या १२ पुगेको छ। कोसी अस्पताल विराटनगरमा गरिएको पीसीआर परीक्षण पश्चात् मङ्गलवार प्रदेश एकमा ११ जना कोरोना संक्रमति फेला परेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। त्यसमध्ये झापाका ९ र सुनसरीका दुई जनामा संक्रमण पुष्टि भएको हो मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयले भने आधिकारी घोषणा गर्न बाँकी छ।

भारतको मुम्बई र दिल्लीमा रोजगारीका लागि गएका कचनकवलका युवाहरू धमाधम सीमा नाकाबाट गाउँपालिका प्रवेश गर्न थालेका छन्। जेठ ३ गते फर्किएका कचनकवल ६ स्थित बनियानी बस्ने ११ जना युवकलाई पथरिया क्वारेनटाइनमा लगेर राखिएको छ।गाउँपालिकाका क्वारेन्टाइनमा बसेकामध्ये पहिलो चरणमा ३३ जनाको स्वाब परीक्षणका लागि पठाएको मध्येबाट कोरोना देखिन थालिएको हो।यता गाउँपालिकामा कोरोना भाइरस देखा पर्न थालेपछि अहिले गाउँपालिकामा सर्व पक्षीय बैठक बस्ने जनाइएको छ।गाउँपालिकाका क्वारेनटाइनमा हाल ९६ जनालाई राखिएको छ। सबै भारतबाट फर्किएका व्यक्तिहरू भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए।

Related Articles

Back to top button
Close