हाम्रो हातमा नक्सा‚ भारतको हातमा जमिन नहोस्
![]() |
---|
|
![]() |
काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेपाली भूमि समेटिएको नक्सा सार्वजनिक गर्ने निर्णयसँगै सरकारको वास्तविक परीक्षा प्रारम्भ भएको प्रतिक्रिया दिएको छ।
सरकारले लिम्पियाधुरासहितको नक्सा प्रकाशित गर्ने सोमबार निर्णय गरेको थियो। सरकारको निर्णय सकारात्मक र स्वागतयोग्य रहेको कांग्रेसले प्रारम्भिक प्रतिक्रिया जनाएको छ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत कांग्रेसको धारणा राख्दै लेखेका छन्, ‘भारतीय सेना कालापानीबाट फिर्ता हुनुपर्छ। नेपालको पुरै भूभागमा नेपालको पूर्ण हक कायम हुनुपर्छ।’ नक्सामा नेपाली भूमि ल्याउने निर्णय गरेको सरकारले वास्तविक रुपमै भूमि ल्याउने परीक्षा अब सुरु भएको उनको भनाइ छ।
‘अब सरकारको वास्तविक परीक्षा प्रारम्भ भएको छ।’ प्रवक्ता शर्मा भन्छन्, ‘दुवै छिमेकीसँग गहन कुटनैतिक पहल सुरु गर्नुपर्छ।’
सरकारी निर्णयको स्वागत गरेको कांग्रेस जमिन फिर्ता आउनेमा भने सशंकित नै छ। शर्मा भन्छन्, ‘हाम्रो हातमा नक्सा उनको हातमा जमिन हुनुहुन्न’
![]() |
---|
|
![]() |