खुसीको खबर कोरोनाविरुद्धको दोस्रो भ्याक्सिनको सफल परीक्षण
![]() |
---|
|
![]() |
काठमाडौं : विश्वव्यापी महामारी बनेको कोरोना भाइरसविरुद्धको खोप पहिलोपटक ८ जना मानिसमा परीक्षण गरिएको छ।
मोर्डना नामक अमेरिकी कम्पनीले अनुसन्धान गरिरहेको कोरोनाविरुद्धको खोपले मानिसको रोग प्रतिरोधात्मक प्रणालीलाई प्रशिक्षित गरी कोरोना भाइरसविरुद्ध लड्ने संकेत पहिलोपटक परीक्षणबाट प्राप्त भएको छ।
खोप अनुसन्धानमा संलग्न कम्पनी मोर्डनाका अनुसार खोप परीक्षणमा समावेश गरिएका ८ जनामा संक्रमण विरुद्धको एन्टिबडी बनेको भेटिएको जनाएको छ। साथै सो खोपले वास्तविक भाइरसबाट संक्रमितको हकमा प्रतिरोधात्मक प्रणालीमा प्रतिक्रिया दिनसक्ने जनाइएको छ। हाल सीमित मानिसमा मात्रै परीक्षण गरिएको छ।
यस खोपको वृहद परीक्षण भने आगामी जुलाईबाट शुरु हुने अनुमान गरिएको छ। जसले वास्तविक रुपमा संक्रमणविरुद्ध कसरी काम गर्छ भन्ने पत्ता लाग्नेछ। संसारभर कोरोना भाइरस विरुद्धको खोप अनुसन्धान द्रुत गतिमा अघि बढेको छ।
विश्वभरि ८० वटा समूहहरु खोप अनुसन्धानमा सक्रिय रुपमा लागेका छन्। मोर्डना पहिलो कम्पनी हो जसले कोरोना विरुद्धको एम आरएनए नामक खोप विकास गरी पहिलोपटक मानिसमा परीक्षण गरेको हो। सो अनुसन्धान अमेरिकाको सरकारी निकाय नेसनल इन्सटिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजले गरेको हो
![]() |
---|
|
![]() |