रेखा थापाकै पथमा पूजा शर्मा, जोसँग जोडियो उहीसँग लफडा !
![]() |
---|
|
![]() |
काठमाडौं । पार्टी फेरेजस्तै छ रेखा थापाको साथी फेराइ। एक समय निकै मिल्ने, पछि उहीसँग झगडा, लफडा१ छवि ओझासँग औपचारिक विवाहबिनै १२ वर्ष रहिन्। सम्बन्धमा एकपछि अर्को लफडै लफडापश्चात् छुट्टिए।
आर्यनको नामै उनले राखिदिएको। निर्देशक श्याम भट्टराईसँग पनि सम्बन्ध बिग्रियो। निखिल उप्रेती, विराज भट्ट, यसशकुमार यी कोहीसँग आजकाल बोलचाल छैन। प्रचण्डसँग चिनाइदिने चेतन सापकोटासँग पनि बोलचाल बन्द। अहिले रेखाको ट्र्याक समाउँदै छिन् पूजा शर्मा।
रेखाको झैं उनको समबन्ध जोसँग जोडियो त्यहीं लफडा पर्न थालेको छ। यस्तै कारण होला, अस्ति शनिबार ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न कामना अवार्डमा पूजा एक्लै देखिइन्। रेखाको झैं पूजाको पनि सँगै काम गरेका नायकहरू आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, आकाश श्रेष्ठसँग सम्बन्धि चिसिएको चर्चा सिनेवृत्तमा व्याप्त छ। प्रदीपसँग पानी बाराबरको स्थिति छ। यो खबर आज बुधबारको जनआस्थाले छापेको छ।
पछिल्लो समय आकाश श्रेष्ठसँगको सम्बन्ध पनि चिसिएको चर्चा छ। प्रायः सबै कार्यक्रममा आकाश र पूजा सँगसँगै जस्तो देखिन्थे। केही साताअघि सम्झना बिर्सना छायांकन क्रममा यी दुईको मन फाटेको पाइन्छ।
पछिल्लो समय फिल्ममा कम र म्युजिक भिडियोमा बढी देखिन थालेका छन्, राजेश हमाल। शनिबार उनै हमाल कामना अवार्डमा देखिए। रमाइलोचाहिँ जुन रोमा उनी थिए, त्यहीं उनीसँगै आएर बसिदिए भुवन केसी, शिव श्रेष्ठ, नीर शाह, धीरेन शाक्यहरू। त्यहाँ राजेश र भुवन तारन्तार कानेखुसी गरिरहेका देखिन्थे।
तर कार्यक्रम अवधिभर राजेश र धीरेनबीच बोलचाल भएको पाइएन। एक दशकअघिदेखिको शीतयुद्धको तुष कतिसम्म रहेछ भने एक समयका चर्चित यी दुई नायक एकले अर्कोको अनुहारसम्म हेर्न चाहन्न।
पूजा श्रेष्ठ र आकाश श्रेष्ठको जोडीलाई दर्शकहरुले रुचाईरहेका छन् र यहि कारणले पनि होला लगातार ४ चलचित्रमा संगै काम गरिसकेका छन् । रामप्यारी चलचित्रबाट सुरु भएको यो जोडीको चलचित्र यात्रा अहिले सम्झना बिर्सना चलचित्रको शुटिङ्ग सम्म पुगेको छ ।
![]() |
---|
|
![]() |
पूजा र आकाश अहिले ‘सम्झना बिर्सना’ चलचित्रको शुटिङ्गमा व्यस्त छन् । चलचित्रमा यो जोडीलाई बुढ्यौली अवस्थामा पनि देखिन सकिने भएको छ । पूजा शर्माले आकाशसंगको आफ्नो बुढ्यौली लुक्सको तस्विरहरु फेसबुक मार्फत सार्वजनिक गरेकी छिन् । तस्विर हेर्दा यस चलचित्रमा पूजा र आकाशको युवा देखि बुढ्यौली पन सम्मको प्रेमकथा देखाईएको भान गराउछ । यस चलचित्रको शुटिङ्ग नेपाल देखि भारत सम्म गरिएको छ ।