News

काठमाण्डौको शिक्षण अस्पतालमा उपचार गराएका युवक कसरी पुगे रोल्पा, आइसोलेसनमा निधन भएपछि त्रा’स

रोल्पा, ६ जेठ । रोल्पामा निधन भएका युवा काठमाण्डौंको शिक्षण अस्पतालबाट उपचार गराएर फर्केको खुलेको छ । रोल्पा नगरपालिका १ सानो लिबाङका एक युवाको रोल्पा अस्पताल रेउघाको आइसोलेसनमा निधन भएको हो । सोमवार दिउसो निधन भएका उनी काठमाडौंको शिक्षण अस्पतालवाट मृगौलाको डायलसिस गराएर फर्किएका थिए ।

अस्पतालवाट फर्किएपछि घरमा उनलाई राम्रो हेरचाह गर्न समस्या हुने ठानेर परिवारका सदस्यले उनलाई फेरी अस्पतालमै लगेका थिए । आइतवार राती रोल्पाको रेउघामा लगिएको उनको सोमवार दिउसो निधन भएको हो । अस्पतालको आईसोलेसनमै रहेको वेला युवकको मृ त्यु भएको अस्पतालकी डा धनमाया घर्तीमगरले जानकारी दिईन् । उनी दुई वर्ष देखि मृगौलाको डायलसिस गराइरहेका थिए ।

मृगौला पी डित भएपनि उनलाई विभिन्न अस्तालमा डुलाइराख्नु पर्ने भएकाले आईसोलेसनमा राखेर उपचार थालिएको थियो। उनको कोरोना भए नभएको पुष्टि भइसकेको छैन। निधन भएका युवकको स्वाव जाँच गर्ने तयारी भएको अस्पतालले जनाएको छ । उनको प्रारम्भिक जाँच राडिटीमा भने रिपोर्ट नेगेटिभ आएको मेडिकल सुपरिटेण्डेट डा घर्तीमगले जानकारी दिइन् ।

प्रदेश ५ कोरोनाको केन्द्र
बुटवल । अन्य प्रदेशको तुलनामा केही ढिलागरी संक्रमित भेटिएको प्रदेशनम्बर ५ कोरोनाभाइरस सं क्रम णको इपिसेन्टर बनेको छ । पछिल्लो समय यो प्रदेशमा संक्रमितहरु दैनिक थपिँदै गएका छन् । सोमबार दिउँसो ४ बजेसम्मको तथ्यांक अनुसार एकै पटक ४९ संक्रमित भेटिएपछि प्रदेशमा ५ मा कोरोनाभाइरस संक्रमितको संख्या १५९ पुगेको हो ।

सोमबार गुल्मी, दाङ र बाँकेमा मात्रै थप ४९ जना नयाँ थएिका हुन् । प्रदेशका १२ जिल्लामध्ये ६ वटा तराईका जिल्लाहरु यसअघि नै कोरोना सं क्रम ण भएको पुष्टी भएको थियो ।

सोमबार गुल्मीका एक व्यक्ति थपिएपछि प्रदेशका पहाडी जिल्ला पनि कोरोना सं क्रम णबाट अछुतो रहेनन् । गुल्मीको मदाने गाउँपालिकाका ४० बर्षीय पुरुषमा सं क्रम ण पुष्टि भएको हो । उनी जेठ १ गते रुपन्देहीको तिलोत्तमामा रहेको क्रिमसन अस्पतालमा उचारको लागि आएका थिए ।

उनको स्वाब तीन दिन अघि भैरहवास्थित प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजिटिभ पुष्टि भएको हो । कोरोना पुष्टि भएसँगे सोमबारै सो अस्पताल सिल गरेको प्रदेश स्वास्थ्य निर्देशक डा बिनोद गिरीले बताए । गुल्मीमा बस्ने ति पुरुषलाई कसरी कोरोना सं क्रम ण भयो भन्ने थप अनुसन्धान भईरहेको निर्देशक गिरीले बताए ।

प्रदेश ५ मा पहिलोपटक वैशाख १९ गते रूपन्देहीको कोटहीमाई गाउँपालिका २५ वर्षिय र बाँकेको नेपालगञ्जका ६० वर्षिय पुरुषमा एकसाथ सं क्रमण देखिएको थियो ।

Related Articles

Back to top button
Close