काठमाडौं :
भारतको पश्चिम बंगालमा रेलको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाको मेचीनगर वडा नम्बर ६ काँकडभिट्टाका ३० वर्षीय विजय श्रेष्ठ रहेका छन् ।
गालमा पर्ने पानीट्याङ्कीमा श्रेष्ठलाई रेलले ठक्कर दिएको थियो ।
भारतको बिहारबाट पश्चिम बंगालतर्फ जाँदै गरेको रेलले श्रेष्ठलाई बिहीबार बेलुकी करिब ८:१० बजेतिर ठक्कर दिएको थियो।
घटनापछि भारतीय प्रहरीले इलाका प्रहरी कार्यालय काँकरभिट्टालाई जानकारी गराएको थियो।अहिले घटनाबारे थप अनुसन्धान भइरहेको भारतिय प्रहरीले जनाएको छ ।
कुमारी आमा निहारिकालाई आश्वासन मात्रै दिएका हुन् की साँच्चिकै उनका माग पूरा होलान् ? : न्यायको माग गर्दै गत जेठ २७ गतेदेखि काठमाडौँमा आमरण अनशनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका–९ की सोनालीकुमारी सिंह (निहारिका राजपुत) र सरकारकारबीच पाँच बुँदे सहमति भएको छ ।
राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सहमति भएपछि गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर गए राति निहारिकाले अनशन तोड्नुभएको हो । प्रतिवादी शिवराम श्रेष्ठ र अनशनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनशनकर्ता र उहाँको छोराको सुरक्षा आवास व्यवस्थापनका
लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनशनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, राज्यका सम्पूर्ण निकायका कानुन पीडितमैत्री बनाउन पहल गर्नेलगायत सहमति भएको छ ।
सहमतिपत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अनशनकर्ता निहारिकालगायतले हस्ताक्षर गर्नुभएको छ ।
Comment