Tuesday, May 17

सुनको मूल्यमा भारी गिरावट, आज कति छ मूल्य?

March 29, 2022 679

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा सुनको मूल्य १३ सय रुपैयाँले घटेको हो।

हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ थियो। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएको महासंघले जनाएको थियो। जुन, आज तोलामा १३ सय रुपैयाँको गिरावट आएको छ।

प्रतितोला १३ सय रुपैयाँ घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार ७०० रुपैयाँ छ। यसैगरी, आज सुनको मूल्य घटेको दिन चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ।

हिजो तोलामा १३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घट्दै १३ सय ७० रुपैयाँमा आइपुगेको छ।

Comment