News

निजी विद्यालयले चैतको शुल्क लिन नपाउने, पुँजी अभाव भए सरकारले सघाउने

१८ वैशाख, काठमाडौं । १६ चैतमा सरकारले चैत महिनाभर निजी विद्यालयले शुल्क लिन नपाउने गरी निर्णय गरेको थियो । तर निजी विद्यालय सञ्चालकहरुले विभिन्न शर्त राख्दै कार्यान्वयन गर्न नसकिने बताएका थिए ।सरकारले १४ वैशाखमा गरेको दोस्रो निर्णयले भने यसअघिको छुटको निर्णयलाई प्रभावकारी कार्यान्वयन गराउने उल्लेख गरेको छ ।

एक महिनाको शुल्कमध्ये आवास शुल्कबाहेक अन्य सबै प्रकारको शुल्क निजी विद्यालयले दिनु पर्ने भएको छ । निजी विद्यालयमा माध्यामिक स्तरसम्मको शुल्कलाई मिहाना गर्न सरकारले निर्णय गरेको थियो ।

निजी विद्यालय सञ्चालनका लागि चालु पुँजीको अभाव हुने भएमा भने बैंक तथा वित्तीय संस्थामार्फत कर्जा सहजीकरण गर्ने व्यवस्था मिलाउने निर्णय समेत सरकारले गरेको छ । सरकारले दोस्रो आर्थिक प्याकेजमा यस्तो निर्णण ल्याएको हो ।

Related Articles

Back to top button
Close