News

सिड्नीमा एक नेपाली विद्यार्थीलाई कोरोना पुष्टी, थप चार जना क्वारेन्टाईनमा !

अष्ट्रेलियाको सिड्नीमा एक नेपाली विद्यार्थीलाई कोरोना संक्रमण भएको छ ।उनलाई केही दिनअघि ज्वरो आउने लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।पाँच जना सँगै एउटै फ्लाटमा बस्दै आएका उनका साथीहरुलाई समेत कोरोनाको शंकामा स्वाब टेष्ट गरिएकोमा बाँकी सबै चार जनाको नेगेटिभ आएको छ ।

यद्यपि थप परीक्षण र निरीक्षणका लागि भन्दै चारै जनालाई यतिबेला क्वारेन्टाईनमा राखिएको छ । चार जनामध्ये दुईजनालाई होटलमा र दुईजनालाई उनीहरुकै फ्लाटमा क्वारेन्टाईनमा राखिएको हो ।न्यूसाउथवेल्सको स्वास्थ्य विभागले घटनालाई हेरिरहेको छ ।

होटलमा कोरोना संक्रमितसहित तीनजना नेपाली विद्यार्थी बसिरहेका छन् । यी नेपाली विद्यार्थीलाई एनआरएन अष्ट्रेलियाका पदाधिकारीले पनि सहयोग गर्दै आइरहेका छन् ।एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुंगले एक नेपाली विद्यार्थीलाई कोरोना संक्रमण भएको पुष्टि त गरे तर बिरामीको गोपनीयता कायम राख्ने भन्दै बाँकी विवरण दिन नसकिने जानकारी दिए ।यसअघि पनि न्यूसाउथवेल्समा, भिक्टोरिया र तास्मानियामा गरी ९ जनालाई कोरोना संक्रमण देखिएकोमा उनीहरु निको भइसकेका छन् ।

Related Articles

Back to top button
Close