News

ऋषि कपुरलाई काखमा च्यापेको तस्बिर शेयर गर्दै लता मंगेश्करले लेखिन् मनछुने स्टाटस

काठमाडौं – बलिउड अभिनेता ऋषि कपुरको बिहीबार बिहान निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पिडित ऋषि कपुरको ६७ वर्षको उमेरमा आज निधन भएको हो । बुधबार अभिनेता इरफान खानलाई गुमाएको बलिउडले बिहीबार नै ऋषि कपुरलाई गुमाउदा शोकमा डुबेको छ ।

स्वास्थ्यमा समस्या आएपछि बुधबार राति मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पताल भर्ना भएका ऋषि कपुरको अचानक निधनले बलिउडका सबै कलाकारलाई दुखित तुल्याएको छ । यस्तै उनको निधनको खबरले बलिउड गायिका लता मंगेश्कर दुखी भएकी छिन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा एउटा तस्बिर शेयर गर्दै भावुक स्टाटस लेखेकी छिन् । उनले शेयर गरेको तस्बिर लता र ऋषि कपुरको हो । गायिका लताले बालक ऋषि कपुरलाई काखमा लिएकी छिन् । उनले उक्त तस्बिर शेयर गर्दै लेखेकी छिन् , ‘केही समयअघि ऋषिजीले मलाई यो तस्बिर पठाउनुभएको थियो। ती दिन सम्झिरहेको छु, म शब्दहीन भएकी छु।’

त्यस्तै उनले अर्को ट्वीटमा लेखेकी छन्, ‘के भनुँ, के लेखुँ, केही पनि सोच्न सकिरहेकी छैन, ऋषिजीको निधनले मलाई निकै दुःख लागिरहेको छ, उनको निधनले फिल्म उद्योगले धेरैथोक गुमाएको छ, यो पीडा सहन मेरा लागि धेरै गार्‍हो भएको छ, भगवानले उनको आत्मालाई शान्ति देऊ।’

Related Articles

Back to top button