News

अभिनेता रणबिरका बुबा ऋषि कपूरलाई पनि लागेको थियो यस्तो गम्भिर रोग

काठमाडौं – बिहीबार बलिउड अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बुधबार राति मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पताल भर्ना भएका ऋषि कपुरको बिहानै निधन भएको हो ।

उनलाई दुई वर्ष अगाडि नै क्यान्सर भएको पत्ता लागेको थियो । उनलाई न्युरोइन्डोक्राइन क्यान्सर भएको बतायएको छ । क्यान्सर भएपछि उनी सन् २०१८ मा उपचारको लागि न्युयोर्क गएका थिए । केही महिनाको उपचारपछि उनी घर फर्किए ।

त्यस बेला उनले क्यान्सरलाई जितेको भनिएको थियो । उनलाई ल्युकेमिया अर्थात् रगतको क्यान्सर भएको थियो । तर आज उनको एककासी अस्पतालमा निधन भयो । उनी अभिनेता रणबिर कपुरका बुबा हुन् ।

बुधबार इरफान खान निधन र आज ऋषि कपूरको निधनले बलिउड नै शोकमा डुबेको छ । उनको निधनको खबरले धेरै कलाकार तथा फ्यानले दुख व्यक्त गरेका छन् । सामाजिक सञ्जालभर उनको तस्बिर शेयरगरी दुख व्यक्त गरिएको छ ।

Related Articles

Back to top button