News

कोरोना समाप्त होस् भन्दै विशेष पूजा पशुपतिमा

काठमाडौं : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण समाप्त होस् भन्ने कामनासहित पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको छ ।

नयाँ वर्षको अवसरमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले विश्वका सबै मानिस कोरोना संक्रमणबाट चाँडै मुक्ति होऊन् भनी उक्त पूजा गरेका हुन् ।

डा. थापाका अनुार व्यक्तिगत पहलमा विश्वका सबै मानिस कोरोनो संक्रमणको जोखिमबाट मुक्त होउन् भनी पशुपतिनाथ मन्दिरमा सवा लाख दीप प्रज्ज्वलनसहितको लघुरुद्री लगाइएको हो । उनले २७ हजार रुपैयाँ लागतको विशेष पूजा गराएको बताए ।

चिनको वुहानबाट शुरु भएको कोरोना भाइरस विश्वका १ सय १२ बढि देशका फैलिसकेको छ ।विश्वमा कोरोना संक्रमितको संख्या ३१ लाख ६१ हजार , अमेरिकामा मात्रै ५९ हजारको ज्यान गयो

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) कारण विश्वमा संक्रमितको संख्या ३१ लाख ६१ हजार ५ सय ६३ पुगेको छ। बुधवार बेलुका सात बजेसम्मको तथ्यांक अनुसार ज्यान गुमाउनेको सङख्या २ लाख १९ हजार २ सय ८७ पुगेको छ।

Related Articles

Back to top button
Close