News

कोरोना महामारीका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २,२०,४१४ पुग्यो, ३१ लाख ७३ हजार बढी संक्रमित (अपडेट)

काठमाडौं, १७ बैशाख । कोभिड १९ नाम दिइएको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख २० हजार ४१४ पुगेको छ ।

वल्र्डोमिटर्स इन्फो डटको ताजा अपडेट अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या ३१ लाख ७३ हजार ४४२ पुगिसकेको छ, भने ९ लाख ८५ हजार १८० जना निको भइसकेका छन् ।

यसैबीच, १२ लाख ५ हजार ५९४ वटा कोरोना केसहरु बन्द भइसकेका छन्, भने १९ लाख ६७ हजार ८४८ वटा केसहरु एक्टिभ छन् ।

यो समाचार तयार गर्दासम्म संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण सबै भन्दा बढी ५९ हजार ८१९ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या १० लाख ४० हजार २३३ पुगेको छ । जसमध्ये १ लाख ४३ हजार ३०२ जना निको भइसकेका छन् ।

त्यस्तै इटालीमा पनि ज्यान गुमाउनेको संख्या २७ हजार ६८२ पुगिसकेको छ, भने संक्रमितको संख्या २ लाख ३ हजार ५९१ पुगेको छ । यसैबीच निको हुनेको संख्या ७१ हजार २५२ पुगेको छ ।

यसैबीच, कोरोना संक्रमणका कारण यता स्पेनमा पनि २४ हजार २७५ को ज्यान गइसकेको छ, भने संक्रमितको संख्या २ लाख ३६ हजार ८९९ पुगिसकेको छ । निको भएर फर्कनेहरुको संख्या १ लाख ३२ हजार ९२९ पुगेको छ ।

फ्रान्समा १ लाख ६५ हजार ९११ जना कुल सङ्क्रमित भएका छन् भने, २३ हजार ६६० को ज्यान गएको छ । यसैबीच ४६ हजार ८८६ निको भएर फर्किएका छन् ।

यूकेमा पनि ज्यान गुमाउनेको संख्या २१ हजार ६७८ पुगेको छ, भने १ लाख ६१ हजार १४५ जना संक्रमित छन् ।

त्यस्तै इरान, बेल्जियम, जर्मनीमा, चीन, टर्की, नेदरल्याण्डस्, ब्राजिल, स्वीट्जरल्यनण्डलगायतमा हजारौंले ज्यान गुमाइसकेका छन् ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । हालसम्म १६ जना निको भइसकेका छन् ।

Related Articles

Back to top button