News

लकडाउनमा यसरी समय बिताइरहेकी छिन् लोकप्रिय अभिनेत्री गौरी मल्ल

मलाई कौसीमा बगैँचा बनाउन खुब मन पर्छ । अहिले कौसीको बगैँचामै बढी समय दिइरहेकी छु । पढिसकेका र नयाँ पुस्तक पनि पढिरहेकी छु । शाकाहारी भएकाले उपलब्ध हुन सकेका साग र तरकारी खान्छु । अनि बजारबाट फलफूल ल्याएर सफा र सुरक्षित तरिकाले खाइरहेकी हुन्छु ।

मलाई कौसीमा बगैँचा बनाउन खुब मन पर्छ । अहिले कौसीको बगैँचामै बढी समय दिइरहेकी छु । पढिसकेका र नयाँ पुस्तक पनि पढिरहेकी छु ।

आफू निकै सचेत छु । र, बच्चाहरूलाई पनि नियमित हात धुन र सरसफाइ गर्न लगाइरहेकी हुन्छु । कहिलेकाहीँ गीत गाएर फेसबुकमा राख्ने गर्छु । बिहान उठेर ध्यान र शारीरिक व्यायाम गर्छु, बालबच्चालाई पनि सिकाउँछु । टाढा रहेका परिवार र आफन्तजनसँग फोन र भिडियो च्याटमा कुरा गरिरहेकी छु । सरकारले बनाएको नीति–नियम कडा रूपले पालना गर्नुपर्छ । किनकि, अरूलाई बचाउन पहिले आफू बाँच्नुपर्छ । आफूलाई बचाउनु भनेको परिवार र छिमकीलाई पनि बचाउनु हो भन्नेमा सबै सचेत हुनुपर्छ ।

हामी कोरोनाको दोस्रो चरणमा पुगिसकेका छौँ । अझै पनि समय छ । विदेशबाट आएर पनि सम्पर्कमा नआएका मानिसलाई कडाइका साथ खोजेर जाँच गराउन सरकारलाई आग्रह गर्छु । त्यसरी लुकेर बसेकाहरूबाट स्थानीय स्तरमा संक्रमण फैलिने जोखिम छ । तर, अनावश्यक डर पालिरहेका मानिसलाई नडराउन अनुरोध गर्छु ।

यो प्रकृतिलाई बुझ्ने समय पनि हो । हाम्रो वरिपरिका चराचुरुंगी, पशुपक्षी, गाईबस्तु र कुकुरलाई पानी र खानेकुरा दिने बानीको विकास गर्ने समय पनि हो यो । अलिकति भए पनि चराहरूलाई दाना र बाँदरलाई खानेकुरा दिनुहोला । किनकि, अहिले हाम्रो ध्यान मान्छेतिर मात्रै देखिन्छ । हाम्रो वरिपरि भएका जीव, जनावर र चराचुरुंगी पनि हाम्रै सन्तानजस्ता हुन् ।

Related Articles

Back to top button