News

ओलीकै पक्षमा उभिए गौतम,वामदेवकै पत्नीले गरिन् ओलीको सर्मथन

काठमाडौं । नेपालकम्युनिष्ट पार्टीभित्र प्रधानमन्त्रीको विकल्पबारेको विवादपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदहरुले हस्ताक्षर संकलन गरेका छन् ।
संसदिय दलमा बहुमत रहेको देखाउन गरिएको ओली पक्षधरहरुको हस्ताक्षरमा सजिलै बहुमत पुगेको छ । उसोत विपरित खेमामा रहेका वमदेव गौतम समेत ओली कत्तिामा आइपुग्नु भएको छ । नेकपा उपाध्यक्ष बामदेव गौतमकी श्रीमती तुलसा गौतम आज वालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटघाट गरेकी छिन् । बुझिए अनुसार सो क्रममा गौतमले आफु वालुवाटार नगए पनि श्रीमती तुलसामार्फत प्रधानमन्त्री ओलीलाई आफ्नो साथ हुने सन्देश दिएका छन् ।

तुलसा संघिय संसदकी सांसद हुन् । उनले ओलीको पक्षमा समर्थन गर्नुलाई वामदेव अब यू र्टन भएको रुपमा बुझिएकोछ । प्रधानमन्त्रीमा माधव नेपालको चर्चा गर्ने र झलनाथ खनाललाई भावी राष्ट्रपतिको रुपमा उभ्याएर गौतमलाई घरको न घाँटको बनाउने नेकपाभित्रको खेललाई अब गौतमले साथ नदिने संकेत गरिएकोरुपमा पत्नी तुलसाको ओलीगुटको आगमनको सन्देश दिन नेता गौतम लागेको नेकपाभित्र चर्चाछ ।

यहीबीचमा ओलीले दिउँसो आफू पक्षीय सांसदसँग बालुवाटारमा छलफल गरेका छन्। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीले सांसदहरुसँग छलफल गरेका हुन्।छलफलमा प्रधानमन्त्री ओलीले जनताले स्थिर सरकारको पक्षमा जनमत दिएको उल्लेख गर्दै बलियो पार्टी र स्थिर सरकार जनता र कार्यकर्ताको चाहना भएको बताएका थिए। पार्टीभित्रका विवादका विषयमा कुरा गरेका प्रधानमन्त्री ओलीले कसैको पनि नाम नलिइ पार्टीलाई झन बलियो र सरकारलाई स्थिर बनाउनु पर्ने बताएका थिए।

‘अहिले स्थिर सरकारको पक्षमा जनतमत आएको छ, वर्तमान सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पहिचान बनाएको छ, यो सरकारलाई अझै बलियो र स्थिर बनाएर अगाडि बढ्नुको विकल्प छैन,’ छलफलमा प्रधानमन्त्रीले भनेका थिए।छलफलमा सहभागी सांसद नविना लामाका अनुसार अधिकांश सांसदहरुले पार्टी र सरकारलाई झनै बलियो बनाउनुपर्ने, विगतमा केही गल्ती कमजोरी भए सच्याएर अगाडि बढ्न सुझाव दिएका थिए।

Related Articles

Back to top button
Close