Video

आज पुजा शर्माको जन्मदिन : आकाशले मध्यरातमा यसरि दिए शुभकामना (भिडियो हेर्नुस्)

काठमाडौं । आज नायीका पुजा शर्माको जन्मदिन हो । उनलाई सामाजिक जन्मदिनको शुभकामना दिनेहरु थुप्रै छन् । कोरोनाका कारण सरकारले लकडाउनको घोषणा गरेकाले पुजा अहिले घरमै दिन बिताइरहेकी छन् । सार्वजनिक रुपमा बाहिर निस्कन नमिल्ने भएकाले उनको साथीभाईसंग कुनै स्पेशल कार्यक्रम भने नभएको हुनुपर्छ । तर सामाजिक सञ्जालमा उनलाई थुप्रैले जन्मदिनको शुभकामना दिएका छन् ।

उनलाई राति १२ वजे परिवारका सदस्यले जन्मदिनको शुभकामना दिएका छन । मध्यरातमा लाइभमा आएकी पुजालाई जन्मदिनको शुभकामना दिनेको सामाजिक सञ्जालमा ओइरो नै थियो । यसैबीच निकै नजिकको सम्बन्ध छ भनिएका अर्का नायक आकाश श्रेष्ठले पनि पुजालाई मध्यरातमै जन्मदिनको शुभकामना दिएका छन् । फेसवुक लाइभमा आउँदै पुजालाई उनले जन्मदिनको शुभकामना दिएका हुन् । आकाशलाई पुजाले जन्मदिनमा शुभकामना दिएकोमा धन्यवाद ब्यक्त गरेकी छन् ।

धेरै फिल्ममा संगै खेलेका पुजा र आकासलाई जोडीका रुपमा दर्शकले निकै मन पराएका छन् । उनीहरुको नाम जोडेर फ्यान क्लवहरु बनाइएका छन् । फेसवुक पेजमा उनीहरुको नाम जोडेर फ्यान पेज बनाईएको छ । कतिपयले उनीहरु प्रेममा रहेको पनि चर्चा गर्ने गरेका छन् । यद्धपी पुजा र आकासले प्रेमका बारेमा भने खुलेर केही बताएका छैनन् । तर दुवै जनाले निकै मिल्ने साथी र एकअर्काको सहयोगी पनि भएको स्वीकार गरेका छन् ।

लकडाउनमा आफ्नो आफ्नो घरमा रहेका पुजा र आकास बेलाबखत सामाजिक सञ्जाल मार्फत साक्षातकार हुने गरेका छन् । उनीहरुलाई लिएर अर्की नायीका शुष्मा कार्कीले विवाद उत्पन्न गरेपछि पनि दुवै जना सामाजिक सञ्जाला लाइभमा आएर त्यो कुराको खण्डन गरेका थिए । शुष्माले पुजा र आकासले फेक फ्यानको नामवाट फेसवुक बनाएको र त्यसवाट आफ्नो प्रशंसा आफै गर्ने र आलोचकलाई नकारात्मक टिप्पणी गर्ने गरेको बताएकी थिइन् । उनले त्यसको प्रमाण समेत आफुसंग रहेको बताएकी थिइन् । उनको यस्तो अभिब्यक्ति पछि पुजा र शुष्माको फ्यानहरु सामाजिक सञ्जालमा बाँडिएका छन् । एक अर्का प्रति नकारात्मक टिप्पणीमा उत्रिएका छन् ।

Related Articles

Back to top button