News

कोभिड-१९ : अमेरिकामा फेरि दैनिक मृत्यु संख्या उकालो लाग्यो, एकै दिन २४ सय बढीको मृत्यु

काठमाडौँ, १७ वैशाख । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दर र दैनिक मृत्यु संख्यामा अघिल्ला केही दिनहरुमा कमी आएको थियो । तर मंगलबार फेरि यो संख्या बढेको छ ।

मंगलबार मात्र अमेरिकामा कोरोना संक्रमणका कारण २ हजार ४७० को मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकले जनाएको छ । जबकि त्यहाँ सोमबार कोरोना संक्रमणका कारण १ हजार ३८३ को ज्यान गएको थियो । आइतबार पनि त्यहाँ एक दिनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १५७ मात्र रहेको थियो । तर शनिबार भने एकै दिन मात्र २ हजार ६५ को मृत्यु भएको थियो । मंगलबार फेरि दैनिक मृत्यु संख्या उकालो लागेको छ ।

मंगलबार अमेरिकामा सोमबारको तुलनामा कोरोना संक्रमणका नयाँ केस पनि बढेका छन् । मंगलबार मात्र त्यहाँ २५ हजार ४०९ नयाँ संक्रमित फेला परे । जबकि सोमबार २२ हजार ९६३ नयाँ संक्रमित फेला परेका थिए । यससँगै त्यहाँ कुल संक्रमितको संख्या १० लाख ३५ हजार ७६५ पुगेको छ ।

यसैगरी अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म ५९ हजार २६६ को ज्यान गइसकेको छ । साथै अमेरिकामा १ लाख ४२ हजार २३८ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । हाल ८ लाख ३४ हजारभन्दा बढी संक्रमित उपचाररत रहेको जनाइएको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयोर्कमा पनि पछिल्ला केही दिनमा कोरोना संक्रमणका घटना र दैनिक मृत्युमा कमी देखिएकाे थियाे । तर मंगलबार फेरि याे संख्या बढेकाे छ ।

हाल न्यूयाेर्कमा मात्रै काेराेनाका कारण ज्यान गुमाउनेको संख्या २३ हजार १४४ पुगेको छ । मंगलबार मात्र त्यहाँ ५२१ काे मृत्यु भएकाे छ । जबकि साेमबार त्यहाँ ३४८ को मृत्यु भएको थियाे, यो अघिल्ला दिनहरूको तुलनामा सबैभन्दा कम हो । आइतबार त्यहाँ ३६७ को मृत्यु भएको थियो भने शनिबार ६१७ को मृत्यु भयो ।

सबैभन्दा बढी प्रभावित १५ राज्यको पछिल्लो अवस्था-

Related Articles

Back to top button
Close