Wednesday, June 29

डिभी परेर ८ महिना अगाडि अमेरिका गएका धादिङका शंकरले…

June 12, 2022 1870

काठमाडौँ l अमेरिकाको क्यालिफोर्नियामा घरको किचनमा मृत अवस्थामा भेटिएका धादिङका शंकर परियारको शव नेपाल पठाउन गोफण्डमीमा आर्थिक संकलन सुरु गरिएको छ ।

एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टर र नेपलिज अमेरिकन परियार एसोशियसनले आर्थिक सहयोगका लागी अपिल गरेको हो । डिभी मार्फत अमेरिका आएका परियार मे को अन्तिम साता आफू बसेको घरको किचनमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

शंकरको परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनको शव नेपाल पठाउनका लागि आर्थिक सहयोगको अपिल गरिएको छ । धादिंगको निलकन्ठ ८ स्थायी घर भएका परियार सान्तारोजा क्यालिफोर्नियामा बस्दै आएका थिए।

३३ बर्षका परियार वेद वहादुर परियार र पुंगकुरी परियारका माहिला छोरा थिए । मास्टर्स दोश्रो बर्षमा अध्ययन गर्दा गर्दै उनले डिभी पारेका थिए । पाँचौंपटकको प्रयासमा डिभी पारेका उनले कोरोना महामारीका बाबजुत भिसा प्राप्त गर्न सफल भएका थिए ।

डिभी लोटरी मार्फत २०२१ अक्टोवर ७ मा अमेरिका आएका उनी मेहनती,इमान्दार र सहयोगी भावना भएको व्यक्ति भएको उनी निकटहरुको भनाई छ । अमेरिका आएको ८ महिना पनि पुरा नहुँदै उनले आफ्नो जीवन समाप्त पारेका छन् ।

Comment