Video

तनाव भयो भन्दै सुष्मा फेरी आइन् लाईभमा : पूजासंगै पढ्ने साथीले फोन गरेर शुष्मालाई यसो भनिन् (भिडियो हेर्नुस्)

काठमाडौं । नायीका शुष्मा कार्की फेरी लाइभमा आएकी छन् । उनले पुजा शर्माका नजिकका साथी र छिमेकीले आफुलाई फोन गरेर पुजाका बारेमा कुराकानी गरेको भन्दै फेसवुक लाइभमा आएकी हुन् । उनलाई एक जना युवतीले लाइभमा आफु पुजाको संगै पढ्दाको साथी भएको र पुजाको बानी नै त्यस्तै भएको भन्दै टिप्पणी गरेकी छन् । उनले अहिले आफु नायीका पुजाको छिमेकी भएको पनि बताएकी छन् ।

उनले त्यसो भनेको केहीबेरमा अर्का युवक पनि लाइभमा आउँछन् । उनले आफु रातभरी गेम खेलेर भर्खर उठेको बताउँछन् । नायीका पुजा शर्मा र शुष्मा कार्कीबीचको विवादले अहिले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ । लामो समय देखि नै सम्बन्ध राम्रो नभएका यि दुई नायीकाको बारेमा बेलाबेलामा गसिपहरु हुने गरेका छन् । तर पछिल्लो समय नायीका शुष्माले ऋषी धमलाको कार्यक्रममा दिएको अभिब्यक्तिका कारण उनी थप विवादमा तानिइन् ।

दुई वर्ष अघि एउटा युट्युव च्यानलमा दिएको अन्तरवार्ताको क्लिपलाई टिकटकमा भाइरल बनाएर आफ्नो बारेमा नकारात्मक टिप्पणी धेरै आउन थालेपछि शुष्माले त्यसो हुनुमा पुजाको फ्यान जिम्मेवार भएको आरोप लगाएकी थिइन् । साथै पुजा र आकास श्रेष्ठको नक्कली फ्यानले आफुलाई नकारात्मक टिप्पणी गरेको पनि बताएकी थिइन् । उनले पुजा र आकासले नै फ्यानका नामवाट फेसवुक बनाउने र आफै कमेन्ट गर्ने गरेको प्रमाण पनि आफुसंग रहेको अभिब्यक्ति दिएपछि पुजा र आकासका फ्यानको गालीको वर्षा शुष्मामाथि परेको छ ।

आफ्ना फ्यानलाई नक्कली भनेपछि पुजा र आकास पनि लाइभ भिडियोमा आएर फ्यानहरुलाई चित्त नदुखाउन भन्दै कुराकानी गरेका थिए । सोही विषयमा फेरी पुजा शर्माले शुष्मालाई सुझाव दिँदै आफ्ना भनाई सार्वजनिक गरेकी छन् । उनले क्यामेरा अगाडी भनेका कुराहरु वर्षौसम्म पनि रहने भएकाले कसैका बारेमा नकारात्मक कुरा गर्नु अगाडी सोच्न सुझाव दिएकी छन् । साथै कसैका बारेमा नकारात्मक कुरा गर्नु नै छ भने पनि क्यामेरा पछाडी गर्न उनले सुझाव दिएकी छन् ।

शुष्माले मंगलवार लाइभ आउँदै पुजाको छिमेकीले आफुलाई फोन गरिराखेको र पुजाको बानी उस्तै छ भन्दै आफुलाई सान्त्वना दिएको बताएकी छन् । उनले अब यो विषयमा आफु कुरा गर्न नचाहेको पनि बताउँछिन् ।

Related Articles

Back to top button
Close