March 29, 2022 247
बाके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं २ का मात्र १७ वर्षको उमेर भएका र कक्षा १० मा पढ्ने पारस बिसिले बनाए उड्ने हेलिकप्टर ।उनले आउने वैशाख/जेठ भित्र हेलिकप्टर उडाउने कुरा बताएका छन् ।
पारसको अनुसार होम मेड हेलिकप्टर आफैले घरमा र कवाडीमा भेटिएका समान जुटाएर हेलिकप्टर बनाएको बताएका छन् ।स्टिल,बाईकको पुरानो इन्जिन लगायतका समान जुटाएर उनले हेलिकप्टर बनाई रहेका छन् ।
धेरै गरौङ्गो नहोस् भनेर मात्र एकजनाको सिट राखेर उनले हेलिकप्टर निर्माण गर्दै छन् ।करिब ६ महिना लगाएर उनले यत्तिलो हेलिकप्टर तयार बनाएका हुन् ।
हेलिकप्टर उड्नेमा कुनै शंका नभएको र आफुले छिट्टै उडेर देखाउने समेत बताएका छन् ।अहिले १० कक्षाको परिक्षाले गर्दा उनले आफ्नो कार्यलाई निरंतरता दिन सकिरहेका छैनन् ।
भिडियो हेर्नुस:-
Comment