News

Breaking: को’रोना भाइरस नियन्त्रणका लागि कतारले नेपाललाई स्वास्थ्य सामग्री पठाउने

दोहा , विश्वभर महामारीको रुपमा फैलिएको को’रोना भाइरस नियन्त्रणको लागि कतारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग पठाउने भएको छ ।अमिर शेख तमिम बिन हमाद अल थानीको नि’र्देशनमा नेपाल संगै रुवाण्डा र टुनेसियामा आपतकालीन स्वास्थ्य सामग्री सहयोग पठाउन लागिएको कतार न्यूज एजेन्सीले बताएको छ ।कतारले यसअघि पनि इटाली,इरान र गाजामा अन्तर्राष्ट्रिय सहयोग अ’भियानमा स्वास्थ्य सामग्री सहयोग पठाईसकेको छ । स्वास्थ्य सामग्री संगै कतारले इटालीमा दुई फिल्ड अस्पताल समेत पठाएको थियो ।

त्यस्तै कतारमा पछीलो २४ घण्टामा ३,४२० जनामा जाँच गर्दा थप ९५७ जनामा को’रोना भाइरस (’कोभिड-१९) संक्रमण भेटिएको छ भने ५४ जना नि’को भएको स्वास्थ मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ११,२४४ पुगेको छ ।यो संख्या हाल सम्मकै उच्च हो । बिगत केही दिन देखी कतारमा संक्रमण बढ्दो अवस्थामा छ ।हालसम्म १,०६६ जना निको भएर घर फर्किएका छन् भने १०,१६८ जना उपचारत छन् । आज सम्म ८५,७०९ जनालाई जाँच गरिएको मन्त्रालयले बताएको छ ।भाइरसका कारण हालसम्म कतारमा १० जनाको मृ’त्यु भएको छ ।

Related Articles

Back to top button
Close