तोकेभन्दा बढि मुल्य लिएर सामान बेन्चे चार पसललाई कारवाही
![]() |
---|
|
![]() |
काठमाडौ, बैशाख १६- बढी मूल्यमा सामान बिक्री गरेवापत सोमबार चार पसललाई कारवाही गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि कारवाहीस्वरुप जरिवाना गरिएको जनाइएको छ।
विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार लाखामरी खरीदमूल्य ९एमआरपी० भन्दा बढी मूल्य लिएको भेटिएपछि टंगालस्थित भाटभटेनी सुपर मार्केटलाई रु तीन लाख जरिवाना गरिएको छ। खरीद मूल्य प्रतिगोटा रु १२० रहेकामा भाटभटेनीले २२० लिएको पाएपछि कारवाही गरिएको उनले जानकारी दिए।
उनका अनुसार आज नै कपनस्थित अमरावती खाद्य भण्डारले बढी मूल्यमा खाद्य सामग्री बिक्री गरेको पाइएपछि दुई लाख जरिवाना गरिएको छ। भण्डारले आफूले नै महँगोमा सामान खरीद गरेको भने तापनि बिल देखाउन नसकेपछि उक्त भण्डारलाई कारवाही गरिएको हो। त्यस्तै बढी मूल्यमा खाद्यान्न बिक्री गरेवापत कपनमा सञ्चालित एमबिटी खाद्य सप्लायर्सलाई रु एक लाख र जिएन स्टोरलाई रु पचास हजार जरिवाना गरिएको छ।
ती चार पसललाई आज कारवाही गर्दा रु छ लाख ५० हजार राजश्व संकलन भएको बताइएको छ। उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम सो जरिवाना गरिएको विभागले जनाएको छ।
![]() |
---|
|
![]() |