News

BREAKING NEWS- रौतहटमा २ जनामा को रोना सं क्रमण पुष्टि

रौतहट, १६ वैशाख । रौतहटमा २ जनामा को रोना सं क्रमण पुष्टि भएको छ । जिल्लाको वृन्दावन नगरपालिका- ९ निवासी २५ वर्षीय पुरुष तथा देवाही गोनाही- १ का अर्का ३५ वर्षीय एक पुरुषमा सं क्रमण पुष्टि भएको हो । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेन्टाइनमा बसेर यही बैशाख ६ गते घर फर्काइएका वृन्दावन नगरपालिकाका पुरुषमा को रोना सं क्रमण देखिएको चन्द्रपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. श्यामबाबु शाहले जानकारी दिनभुयो ।

उहाँका अनुसार प्रादेशिक ल्याब जनकपुरबाट पिसिआर रिर्पोट ने गेटिभ आएपछि घर फर्काइएका उनलाई काठमाडाैँस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पो जेटिभ देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय गौरका निमित्त प्रमुख महेश साहका अनुसार देवाही गोनाहीका सं क्रमित पुरुष भने क्वारेनटाइनमै रहेका छन् । अब दुवै सं क्रमितको कन्ट्याक ट्रेसिङ्ग गरिने उहाँले बताउनुभयो ।
यो पनि समाचार
काठमाडौं, १६ बैशाख । आज बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक तय नभएको बुझिएको छ । हिजो (सोमबार) राति अबेरसम्मपनि सचिवालय बैठक बोलाउनेबारे कुनै ठोस निर्णय नभएको स्थायी कमिटी सदस्य डा. भीम रावलले जानकारी दिए ।

यद्धपी हिजो बरिष्ठ नेता माधव कुमार नेपालको निवासमा प्रधानमन्त्री केपी शर्मा ओली समूह र नेता नेपाल समूहबीचको छलफलमा सचिवालय बैठक आज बोलाउने भन्नेबारे सहमति भएको कुरा बाहिर आएको थियो । तर, रावलले राति अबेरसम्मपनि उक्त बैठक बस्ने कुनै टुँगो नभएको जानकारी दिए ।

पछिल्लो समय नेकपाभित्र विवाद चर्किँदै गएको छ । प्रधानमन्त्री ओलीविरुद्ध अर्का अध्यक्ष दाहाल, बरिष्ठ नेताद्धय नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत एकमत देखिएका छन् । कतिपयले यो शक्ति संघर्षले कतै नेकपा फुट्ने त होईन ? भनेरपनि विश्लेषण गरिरहेका छन्

Related Articles

Back to top button
Close