Tuesday, May 17

जोसमा होस गुमाएपछि चुनावको मुखैमा फसे माधव नेपाल नमज्जासँग फसे

March 29, 2022 440

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जोशमा होस गुमाएपछि फसेका छन् । आसन्न चुनावको मिति नजिकिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी ओलीको आलोचना, आरोप र गाली गर्ने क्रममा तथ्यमा नटेकी बोल्दा फसेका हुन् ।

नेपालले आइतबार नेकपा एसनिकट समाजवादी प्रेस संगठनको विस्तारित बैठक समापनका अवसरमा बोल्ने क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानसेनापतिसँग धेरैपटक बसेर गोप्य कुराकानी गरेको र बंगलादेशको मोडलमा चुनाव गराएर सत्ता कब्जा गर्ने षडयन्त्र गरेको सूचना सरकारी एजेन्सीहरुबाट आफूहरुले थाहा पाएको बताएका थिए । तर नेपाली सेनाका पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाले भने नेपालको अभिव्यक्तीमा गम्भीर आपत्ती प्रकट गरेका छन् ।

नेपालले राष्ट्रपति र प्रधानसेनापतिसँग धेरैपटक गोप्य कुराकानी गरेको र चोलेन्द्र शमसेरसँग मिलेर अदालत कब्जामा लिन खोजेको बताएका थिए । नेपालले सरकारी एजेन्सीबाट ओलीको दिमागमा के चलिरहेको थियो भन्ने सूचना पाएपछि यो सरकारले त्यसलाई असफल पारेको बताएका थिए ।

नेपालको अभिव्यक्तिप्रति नेपाली सेनासमेत गम्भीर भएको उच्च अधिकारीहरुले बताएका छन् । ओली प्रधानमन्त्री भएका बेलाका सेनापति थापाले भने नेपालको भनाइ निराधार र आपत्तिजनक रहेको प्रतिक्रिया दिएका छन् ।

थापाले भने– मेरो स्वभाव पनि सबैलाई थाहा छ । उहाँले जुन अभिव्यक्ति दिनुभएको छ त्यो टोटल्ली फल्स छ । यस्ता कुराको कुनै जस्टिफिकेसन छैन । राष्ट्रपतिज्यू र प्रधानमन्त्रीज्यूसँग म त्यसरी कहिल्यै बसिँन र मलाई तत्कालीन सरकार वा प्रधानमन्त्रीले कहिल्यै त्यसो भन्नु पनि भएन । यो कुरा किन र कुन उद्देश्यले आएको हो जिम्मेवार व्यक्तिहरुले नेपाली सेनालाई यसरी विवादमा तान्न हुँदैन ।

के भनेका थिए नेपालले ? त्यसबेला केपी ओलीले प्रधानसेनापतिसँग, राष्ट्रपतिसँग धेरैपटक गोप्य कुराकानी गरेका थिए । उनको दिमागमा बंगलादेश चलिरहेको थियो । चुनाव गराउने, ठटाउने, जम्मै सेटिङ मिलेकै थियो, निर्वाचन आयोगले चुनाव घोषणा गर्ने अनि कब्जा गर्ने ।

चोलेन्द्र शमसेरसँग हप्ताका दुई दिन बालुवाटारमा भेटेर स्थानीय चुनावम कुन कुन न्यायाधीश कहाँ खटाउने, अर्को प्रहरीका मान्छे बोलाएर कुन प्रहरी कहाँ खटाउने रु त्यो सबै वर्कआउट भएको थियो । सबै कुरा सरकारको एजेन्सीबाट थाहा पाइयो । मैले पनि सरकारका एजेन्सीबाट थाहा पाएँ । उनको त्यो दिमागमा चलिरहेको थियो ।

पुस ५ मा संसद विघटन गर्छु, दुईतिहाई बढी ल्याउँछु । कसैले चित्त नबुझे अदालत जान्छ । अदालत आफ्नै छ, उल्ट्याइदिन्छु । निर्वाचन आयोग आफ्नै छ, त्यसले नभए सम्पत्ति शुद्धीकरण लगाइदिन्छु । राजश्व अनुसधान लगाउँछु । व्यापारी छन् भने त्यहिँ सकिन्छन् । अरु कोही छन् भने छानबिनबाट त्यहीं झुण्डिरहेका हुन्छन् । साइबर स्याल खडा गरेकै छ, साइबर स्यालले हो हो भन्ने यस्तोसम्म थियो ।

Comment