News

ओली सरकारको निर्देशनपछि आजदेखि लकडाउनमा थप कडाई

काठमाडौं । देशभर जारी लकडाउन आजदेखि थप कडाई हुने भएको छ । त्यसका लागि आज बिहानैदेखि सुरक्षाकर्मीहरु तैनाथ हुन थालेका छन् ।सर्वसाधारणबाट लकडाउन स्वस्फुर्त रुपमा उल्लंघन बढेपछि गृह मन्त्रालयले ७७ जिल्लामै पत्राचार गरेर लकडाउन कडाई गर्न निर्देशन दिएको थियो । सो निर्देशनसँगै आजदेखि लकडाउन थप कडाई गर्न लागेको हो ।

अत्यावश्यक सेवा बाहेकका सवारी साधन चल्न नदिने, पास कडाईका साथ चेकजाँच गर्ने प्रहरीले बताएको छ । काठमाडौं उपत्यकामा आज बिहान मात्र २ सयभन्दा बढी सर्वसाधारणलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गर्ने सवारी साधन पनि नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले बताएको छ ।
कोरोना संक्रमण बढ्न नदिनका लागि सरकारले लकडाउन जारी राखेको छ ।

Related Articles

Back to top button