Wednesday, June 29

पब्जी हत्याकाण्ड, १० घण्टासम्म जिउँदो थिइन् आमा : छोराले राती २ बजे गोली हाने, भोलिपल्ट १२ बजेसम्म तड्पिरहिन्

June 10, 2022 4112

भारतमा पब्जीका लागि आमाको हत्या गर्ने नाबालिग छोराले राती २ बजे आमालाई गोली हानेको स्वीकार गरे, तर उनकाे दिउँसो १२ बजेसम्म जिउँदै रहेको जानकारी दिएको छ । भारतीय मिडिया दैनिक भास्करका अनुसार आमाको मृत्युको पर्खाइमा उनी बारम्बार ढोका खोलेर हेर्दा आमालाई तड्पिरहेको देख्थे त्यसपछि कोठामा ताला लगाउँथे ।

साधना सिंहको हत्या गर्ने आफ्नो १६ वर्षीय छोरालाई फेरि सोधपुछ गरिएको अतिरिक्त प्रहरी उपायुक्त (एडीसीपी) काशिम आब्दीले बताए । सोधपुछमा उनले प्रहरीलाई बताए अनुसार ४ जुन शनिबार राती उनी आमासँग नै सुतेका थिए । बन्दुक त्यहि कोठामा

राखिएको थियो । आमाको सिरानीबाट चाबी निकालेर करिब २ बजे दराजबाट बन्दुक निकाले । बन्दुकसँगै म्यागजिन र बुलेट राखिएको थियो । म्यागजिन लोड गर्नेबेला हात काहिरहेको थियो किनभने यसअघि पहिले उनले कहिल्यै वास्तविक बन्दुक चलाएका थिएनन् ।

Comment