Video

हेर्दा हेर्दै चितामा जलिरहेको शव बाढीले बगायो, मलामीको भागाभाग (भिडियो सहित)

काठमाडौं- इलामको फाकफोक खोलामा आएकोको बाढीले चितामाथि जलिरहेको शव बगाएको छ ।

खोलामा एक्कासी बाढी आएपछि मलामी गएकाहरुको भागदौड मच्चिएको थियो । खोला किनारामा जलाइएको शव खोलमा आएको भीषण बाढीले बगाएको हो ।

शव पुरै नजलिसकेकै अवस्थामा खोलामा बाढी आएछि चितासँगै शवलाई बगाएको भिडियोमा देखिएको छ ।

केही दिन यता अविरल वर्षा भइरहेका कारण खोला किनारामा पानीको सतह बढेपनि आज इलामको पहाडी क्षेत्रमा परेको भीषण वर्षाका कारण खोलामा बाढी आएको स्थानीयले बताएका छन् ।

बाढीले शव बगाए पनि मलामी गएकाहरु भने सुरक्षित रहेको जनाइएको छ ।

जल्दै गरेको शव बाढीले यसरी बगायो हेर्नुस् भिडियोमा

आज इलामको फाकफोक खोलाले यसरी जलाउँदै गरेको लासलाई अचानक भेल बाढी आएर बगायो ।

आज इलामको फाकफोक खोलाले यसरी जलाउँदै गरेको लासलाई अचानक भेल बाढी आएर बगायो । भिडियो- टी.एन. मगर थप जानकारी https://ktmdainik.com/2020/04/5472/

Gepostet von Ktm Dainik am Montag, 27. April 2020

Related Articles

Back to top button
Close