Tuesday, May 17

डुकवाली सभ्या के.सी. यसरी बनिन् नम्बर एक सफल बाइक राइडर !

May 11, 2022 1353

डुकवाली भनेर चिनिएकी सभ्या के.सी. अहिले अष्ट्रेलिया पुगेकी छिन् । उच्चशिक्षाको लागी एक साता अघि मात्र अष्ट्रेलिया पुगेकी उनले त्यहा पुगेर पहिलो राईडको फोटो पनि शेयर गरिन ।

पछिल्लो समय नेपालमा पनि महिलाहरु खुलेर हिड्न थालेका छन् । पहिले जस्तो छोरीहरुलाई घरमा मात्र सिमित गर्ने चलन छैन । छोरीहरु आफैपनि हरेक क्षेत्रमा आफुलाई अब्बल देखाउदै आएका छन् ।
हुन त छोराहरुलाई बाइक र छोरीहरुको लागि स्कुटी भन्ने प्रचलन छ । तर विस्तारै छोरीहरुले पनि बाइक राइड गर्न थालेको धेरै देखिन्छ । यस्तै एक उदाहरण हुन् बाइक राइडर सभ्या के.सी. ।

को हुन् सभ्या के.सी. ?
उनी बाइक चलाउने बेला मात्र १८ वर्षकी थिइन् । पोखराको सगरमाथा स्कुलबाट १२ कक्षा पास गरेर काठमाडौंको न्यु समिट कलेजमा विज्ञान संकायमा अध्ययन गर्दै थिइन् । सानैदेखि पढाइमा अब्बल उनको पुख्र्यौली घर स्याङ्जाको फेदीखोला हो ।

कक्षा ६ सम्म उतै पढेकी उनी कक्षा ७ पढ्न पोखरा झरेकी हुन् । अनि फिस्टेल बोर्डिङमा भर्ना भइन् । पढाइमा तेज उनको हरेक काममा आमाबुवाले राम्रै साथ दिने गरेको उनी बताउँछिन् । उच्च माध्यमिक तहमा विज्ञान संकाय पढेकी उनी स्नातक तहमा पनि बिएस्सी सिएसआइटी पढिन् ।

कसरी सुरु भयो बाईक चलाउन ?
छोरालाई बाइक र छोरीलाई स्कुटर, सामाजिक चल्ती छ । उनको घरमा पनि त्यही भयो । सभ्याको दाइलाई बाइक र उनलाई स्कुटर एसइई पास हुने बित्तिकै किनिएको थियो । बाइक हुइँकाउने रहर पालेर बसेकी उनलाई एकदिन भित्रैदेखि आँट पलायो । बाबा घर नभए पनि आमाको डर थियो ।

दाई विदेश गएपछि डुक बाइक थन्किएको थियो । सानैदेखि साहसिक गतिविधि मन पराउने पोखरा बिरौटाकी सभ्या केसीलाई त्यही बाइक हुइँकाउने रहर जाग्यो । कक्षा १२ मा पढ्ने उनी त्यो बेलासम्म स्कुटर चलाउन पोख्त भइसकेकी थिइन् ।

पसल चलाउने उनकी आमा बिहानै स्कुटर लिएर निस्कन्थिन् । सभ्यालाई सार्वजनिक बसमै कलेज जानुपर्ने बाध्यता थियो । घरमै थन्किएको बाइक लिएर हिँड्छु भन्ने इच्छा पूरा गर्ने गतिलो समय बिहान नै ठानिन् । तर जाने कहाँ ? बिहानमा उनको कलेज थियो ।

कलेजमै बाइक लिएर जाने निधो गरिन् । फेरि अर्को चुनौती खडा भयो । कजेल युनिफर्ममा छात्रालाई स्कर्टभन्दा अर्को थिएन । खाने मुखलाई जुँगाले के छेक्थ्यो र ! स्कर्टमै बाइक चलाइन् । अनि सकुशल पुगिन् कलेज । बाइक कलेज बाहिर पार्किङ गरेर सरासर कक्षाकोठा गइन् ।

Comment