News

पुर्वप्रहरी लोकेन्द्र कार्कीको कोरोना भाइरसका कारण निधन

बोस्टन : कोरोना संक्रमणका कारण अमेरिकाको कोलोराडो राज्यको बोल्डर निवासी लोकेन्द्र कार्कीको निधन भएको छ। उनको गत शुक्रबार निधन भएको हो। कार्की लामो समयदेखि बोल्डरमा सपरिवार बस्दै आएका थिए। उनका दुई छोरी र एक छोरा छन्। नेपाल गएकी उनकी श्रीमती लकडाउनका कारण उतै रोकिएकी छन्।

बोल्डरस्थित कम्युनिटी अस्पतालमा उपचारका क्रममा निधन भएको कार्कीका नजिकका व्यक्ति पारस ओझाले जानकारी दिएका छन् । ११ दिन अघि उनी कोभिड १९ को उपचारका लागि अस्पतालमा भर्ना भएका थिए ।
नेपालमा बिराटनगर महानगरपालिका वडा ३, घर भएका कार्कीका एक श्रीमती, एक छोरा र दुई छोरी छन् । कार्कीकी श्रीमती र कान्छी छोरी केही समयका लागि नेपाल गएको जानकारी दिइएको छ । कार्की नेपालमा छँदा प्रहरी सेवामा कार्यरत थिए ।

कोरोनाका कारण कोलोराडोमा तीनजना नेपालीभाषीको निधन भइसकेको छ। यसमा एक भुटानी र दुई नेपाली छन्। अरू दुईजनाको अवस्था गम्भीर भएको बताइन्छ। अमेरिकी सरकारले यस राज्यमा तीन हजारभन्दा बढी नेपालीभाषी भुटानीलाई बसोबास गराएको थियो।

Related Articles

Back to top button
Close