News

जारी लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने सरकारकाे निर्णय

काठमाडौं । सरकारले कोरोनाका कारण जारी लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याउने भएको छ । आइतबार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउन २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

चैत्र ११ गतेदेखि गरिएको लकडाउनको मिति पछिल्लो पटक वैशाख १५ गतेसम्मका लागि तोकिएको थियो ।

शनिबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनका कारण कोरोनाको रोकथाममा सफल रहेको बताउँदै एक साता लकडाउन थप्न मन्त्री परिषद समक्ष आग्रह गरेको थियो ।

यस अघि शनिबार नै उच्चस्तरीय समितिले वैशाख १८ गतेसम्म बन्द रहेको हवाई उडानलाई जेष्ठ २ गतेसम्म निरन्तरता दिने निर्णय गरिसकेको छ ।
नेपालमा हालसम्म ५२ जनामा कोरोनाको संक्रमण देखिएको छ भने १६ जना उपचार पछि निको भएका छन् । सबैभन्दा बढी उदयपुर जिल्लामा कोरोनाको संक्रमण भेटिएको छ ।

Related Articles

Back to top button
Close