International

अमेरिकामा दैनिक मृत्यु संख्यामा कमी, अहिलेसम्म ५५ हजारले गुमाए ज्यान

काठमाडौँ, १५ वैशाख । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९) का कारण दैनिक मृत्यु हुनेको संख्या अघिल्ला दिनहरुको तुलनामा कम देखिएको छ ।आइतबार त्यहाँ एक दिनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १५७ रहेको वर्ल्डोमिटर्सले जनाएको छ । जबकि शनिबार एकै दिन मात्र २ हजार ६५ को मृत्यु भएको थियो ।

अमेरिकामा कोरोना संक्रमणका नयाँ केसहरुमा पनि शनिबारको तुलनामा आइतबार कमी आएको छ । त्यहाँ शनिबार एकै दिन मात्र ३५ हजार ४१९ नयाँ संक्रमित फेला परेकोमा आइतबार भने यो संख्या घटेर २६ हजार ५०९ मा झरेको छ । शुक्रबार हालसम्मकै सर्वाधिक ३८ हजार ९५८ नयाँ संक्रमित फेला परेका थिए ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या ९ लाख ८७ हजार १६० पुगेको छ । यसैगरी कोरोना भाइरस संक्रमणका कारण त्यहाँ ५५ हजार ४१३ को ज्यान गइसकेको छ । १ लाख १८ हजार ७८१ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयाेर्कमा मात्रै काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या २२ हजार २७५ पुगेकाे छ । अाइतबार मात्र त्यहाँ ३६७ काे मृत्यु भएकाे छ, याे अघिल्ला दिनहरूकाे तुलनामा सबैभन्दा कम हाे । शुक्रबार त्यहाँ ४२२ काे मृत्यु भएकाे थियाे भने शनिबार ६१७ काे मृत्यु भयाे ।सबैभन्दा बढी प्रभावित १२ राज्यकाे पछिल्लाे अवस्था-

Related Articles

Back to top button
Close