News

प्रधानमन्त्री ओलीलाई हटाउने खेल सुरु, माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई पदबाट हटाउन दबाब सुरु भएको छ । त्यसका लागि शनिबार दिनभर बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेकपाका चार शीर्ष नेताबीच रस्साकस्सी भएको समाचारमाध्यममा आइसकेको छ ।

आइतबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा दिएर आराम गर्न सुझाव दिइएको छापेका छन् । तर, प्रधानमन्त्री ओलीले आफूले अन्तिम समयसम्म पनि चुनौती फेस गर्ने भन्दै राजीनामा नदिने अडान राखेका छन् ।

विभिन्न अध्यादेश ल्याउने र निर्णय गर्ने अनि फेरि फिर्ता गर्ने गर्दा पार्टीको इज्जत र प्रतिष्ठामा आँच आएको भन्दै ओलीलाई प्रधानमन्त्रीबाट हटाउन पहल सुरु भएको समाचारमा जनाइएको छ । प्रधानमन्त्रीलाई पछि नहट्न यहीबेला उनी निकट नेताहरुले पनि प्रयास जारी राखेका छन् । ईश्वर पोखरेल, शंकर पोखरेल, गोकुल बास्कोटालगायत यो खेलमा लागेका छन् ।

तर, नेकपा निकट एक अनलाइन साँघुले भने माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने भनेर शनिबार राति नै समाचार छापेको थियो । साँघुले उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, गृहमन्त्री जनार्दन शर्मा, अर्थमन्त्री सुरेन्द्र पाण्डेलगायतको लिस्ट नै तयार गरेकाले सरकारको नेतृत्व फेर्ने गृहकार्य अन्तिम चरणमा पुगेका अनुमान गर्न सकिन्छ ।

राजनीतिक दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी र चार दिनमै फिर्ताले नेकपालाई गम्भीर क्षति पुगेको नेकपा शीर्ष नेताहरूको ठहर छ । सोही कारण शनिबार बालुवाटार पुगेर उपाध्यक्ष वामदेव गौतमले ओलीलाई पदबाट राजीनामा दिएर आराम गर्न सल्लाह दिएको बुझिएको छ ।

Related Articles

Back to top button
Close