मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
![]() |
---|
|
![]() |
काठमाडौं : देशभरको मौसम सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
अहिले देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव हुनुको साथै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावा प्रवेश भएकाले वर्षा जारी रहने महाशाखाले जनाएको छ।
पश्चिमी क्षेत्रका अधिकांश स्थानमा र मध्य र पूर्वी भू–भागका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान:
बैशाख १५ गते (सोमबार)
दिउँसो : देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति : देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बैशाख १६ गते (मंगलबार)
दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति : देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्या, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बैशाख १७ गते (बुधबार)
दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ र असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
![]() |
---|
|
![]() |
राति : देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।