स्विजरल्याण्डको हिमालमा चम्किँयो नेपाली झण्डा
![]() |
---|
|
![]() |
पेरिस — कोरोना भाइरसविरुद्धको ल’डाइँ जित्न एकताको सन्देश दिन स्विजरल्याण्डको हिमालमा चम्काइएका तेजिला बत्तीहरुमा अहिले नेपालको झण्डा पनि राख्ने गरिएको छ ।
स्विजरल्याण्डको हिमाली क्षेत्र जेर्मातस्थित मात्तरहर्नमा नेपालको झण्डा पनि चम्काउन थालिएको हो । को’रोना भाइ’रसविरुद्धको लडाइँमा हिमाल जस्तै उच्च मनोबल र प्रकाश जस्तै चम्किलो भएर जित्न सकियोस् भन्ने सन्देश विश्वलाई दिन हिमालमा यस्ता चम्किला बत्तीहरु चम्काउने गरिएको हो ।
उनीहरुले लेखेका छन्, ‘नेपाल मित्रवत मान्छेसहितको देश मात्र होइन, विश्वको सबभन्दा अग्लो हिमाल भएको देश पनि हो ।
नेपाली झण्डा राख्दै त्यहाँ नेपालका बारेमा पनि सानो जानकारी राखिएको छ । त्यहाँ उनीहरुले लेखेका छन्, ‘नेपाल मित्रवत मान्छेसहितको देश मात्र होइन, विश्वको सबभन्दा अग्लो हिमाल भएको देश पनि हो । त्यसकारण, पहाडी गाउँको रूपमा जेर्मात जोडिएको महसुस भएको छ । एयर जेर्मात र माउन्टेन रेस्क्यु स्टेसनले वर्षौंदेखि पहाडी उद्धार र स्थानीय जनसंख्याको हेरचाहको क्षेत्रमा नेपाललाई सफलतापूर्वक सहयोग प्रदान गर्दै आएको छ । हामी नेपाललाई हाम्रो बलियो ऐक्तबद्दताको सन्देश पठाउँछौं ।’
मौसम सफा रहेका बेला सूर्यास्तदेखि मध्यरातसम्म अन्य देशका झण्डाको आकृतिसँगै नेपालको झण्डा पनि देख्न सकिन्छ ।स्विजरल्याण्डको जेर्मात जिल्लाले मार्च २४ देखि यस्ता बत्तीहरु चम्काइरहेको छ । ददि सापकोटाले कान्तिपुरमा खबर लेखेका छन ।
![]() |
---|
|
![]() |