Saturday, May 21

प्रचण्डको धम्कीले देउवाजस्तो अरू डराउँदैनन् – ओली

May 7, 2022 214

काठमाडौँ बैसाख २४

नेकपा एमाले इटहरीले गरेको चुनावी सभालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई धम्काएको आरोप लगाएका छन् ।

दुई दिनअघि भरतपुरमा रेनु दाहाल नजिते मुलुक दुर्घटनामा जाने भन्ने प्रचण्डको अभिव्यक्तिप्रति टिप्पणी गर्दै ओलीले जनतालाई डर त्रास र धम्की नदिन चेतावनीसमेत दिए ।

उनले भने ‘पुष्पकमल दाहालले दुर्घटनाको धाकधम्की नदिए हुन्छ,’ ‘अन्तिममा उनले चिसै पानीले नुहाउने हो ।’ कांग्रेस सभापति शेरबहादुर देउवा जस्तो अरू धम्कीले नडराउनेसमेत उनले बताए ।

‘हिजो पनि धम्की दिनु भएजस्तो छ, प्रचण्डको छोरीलाई मैले उम्मेदवार बनाएको हो, उहाँले होइन भनेर धामी बकेझैं बहकी रहनुभएको थियो,’ उनले भने ।

Comment