सर्वेन्द्र खनालकै निर्देशनमा मेरो र युवराजका विरुद्ध काठमाडौमा उजुरी लिन मिल्ने, उहाँहरुको नमिल्ने ?
![]() |
---|
|
![]() |
काठमाडौं। सांसद डा. सुरेन्द्र यादव अपहरित भएको भन्दै नवगठित जनता समाजवादी पार्टीका नेताहरूले दिएको उजुरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौंले अस्वीकार गरेको छ ।
आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भन्दै परिसरले उजुरी दर्ता नगरेको जनता समाजवादी पार्टीका नेताहरूसँगै परिसर पुगेका अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।
तत्कालीन समाजवादी पार्टी विभाजनका लागि सांसद यादवको अ’पह’रण गरेको भन्दै सांसदहरू महेश बस्नेत, किसान श्रेष्ठ तथा पूर्व आईजीपी सर्वेन्द्र खनालविरुद्ध उजुरी दिन नेताहरू डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोलगायत प्रहरी परिसर काठमाडौं पुगेका थिए ।
प्रहरीले उजुरी नलिएपछि उजुरी दर्ताका लागि अदालत जाने जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बताएका छन् ।
यसै विषयमा पत्रकार रवि लामिछानेले आफ्नो विगत सम्झदै गहन कुरा खोलेका छन्। रवि भन्छन: चितवनमा भएको घटनामा सर्वेन्द्र खनाल कै निर्देशनमा मेरो र युवराजका विरुद्ध काठमाडौमा उजुरी लिन मिल्ने,उहाँहरुको विरुद्धमा नमिल्ने?उजुरी लिएर महोत्तरी पठाउन सकिन्छ तर उजुरी नै नलिन कसरी मिल्ला?कानुन सानालाई मात्रै?अराजकताको खाल्डो यति ठुलो नखान्नुस,पुरिने तापाईहरु आफै हो।
लोकप्रिय
![]() |
---|
|
![]() |