Wednesday, May 18

प्रहरीको कडा सुरक्षा घेरामा बालेन शाह, भोट माग्दा यस्तो के भयो आज (भिडियो)

May 7, 2022 334

काठमाडौँ – मेयर पदका दावेदार बालेन शाहको आज चौथो दिन घर घरमा जनतासंग यसरि भेट र आशिर्बाद लिएका छन् |

काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको गह्र्दैलो कार्यक्रमको आज चौथो दिन जहाँ अनेक किसिमका श्बुभाचिन्तक र फ्यानहरु भेटिएका छन् ।

उनलाई भोट भन्दा नि उनीसंग सेल्फी खिच्नेको जमात अहिले भढेर आएको छ ‘कांग्रेस, एमाले, माओवादी सबले वाक्कदिक्क भए अब कि राजतन्त्रवादी आउँछन् कि स्वतन्त्र आउने हुन्’ महर्जनले दुःख मिश्रित भावमा सुनाए, ‘देश बेचुवालाई कसैले भोट हाल्दैन, बुद्धु घाँस खानेले मात्र हाल्ने हो ।

आफूले पनि यसपालि साहलाई भोट हाल्ने उनले बताए । महर्जनले भने, ‘युवा आए केही हुन्छ कि त ।

हेर्नुस भिडियो –

अन्य समाचार :
रुकुम पश्चिम – रुकुम पश्चिमको चौरजहारी र आठबिसकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

झडपमा दुई जना प्रहरीसहित दश जना घाइते भएका छन् । अस्थायी प्रहरी पोष्ट स्यालाखदीका अनुसार आठबिसकोट नगरपालिका–३ खदीमा दुई पक्षबीच भएको झगडा मिलाउने क्रममा दुई जना प्रहरी जवान बुद्धबहादुर थापा र चक्रबहादुर रोकाया घाइते हुनुभएको छ ।

यस्तै माओवादी केन्द्र र कांग्रेसका गरी वडाअध्यक्षका उम्मेदवारसहित पाँच जना घाइते भएका छन् । माओवादी केन्द्रका वडाअध्यक्षको उम्मेदवार केशरमान विक तथा कार्यकर्ता तुलबहादुर विक र सन्तोष विक घाइते हुनुभएको हो । त्यसैगरी नेपाली कांग्रेसका आठबिसकोट–३ का सीता बोहरा र डिल्लीराज बोहरा घाइते हुनुभएको छ ।

त्यसैगरी चौरजहारीमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

चौरजहारी नगरपालिका–१ घारीगाउँमा दुई पक्षबीच भएको झपडमा कांग्रेसका वडा सभापतिसहित तीन जना घाइते भएका छन् । वडा सभापति यज्ञश विष्ट, तरुण दल चौरजहारीका अध्यक्ष त्रिलोचन गिरी र कांग्रेस कार्यकर्ता मनबहादुर विक घाइते हुनुभएको हो ।

विष्ट र विकलाई थप उपचारको लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

Comment