News

विराटनगरमा गरिएको परीक्षणमा थप एकजनामा कोरोनाको पुष्टि, संक्रमित ५२ पुगे

काठमाडौं, १४ बैशाख । विराटनगरमा पुनः अर्को एक जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा कोरोना भाइरस पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित व्यक्ति पुरुष झापाका ५० बर्षीय रहेको पनि खुलाइएको छ ।योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । यसअघि आज मात्रै २ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो ।यस अघि झापा दमकका ६२ बर्षीय पुरुषमा संक्रमणको पुष्टि भएको थियो । अहिले उनको झापाको दमक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

Related Articles

Back to top button
Close