मोरङमा मधेशी गैरदलित युवा र पहाडी मुलकी दलित युवतीबीच मागी विवाह भएको छ ।
मोरङको सुनवर्सी नगरपालिका– २ सुगा बजारका २७ वर्षीय बिरेन्द्र साह र सुनवर्सी– ३ की २५ वर्षीय सम्झना दर्नालबीच धार्मिक रिती अनुसार मागी विवाह भएको हो ।
गैरदलित युवा र दलित समुदायकी युवतीबीच परिवारको सहमतीमा बैसाख २१ गते विवाह
संबिधान र कानुनले दण्डनीय बनाए पनि अन्तर समुदाय, दलित र गैरदलित बिचको विवाहलाई समाजले अझै सहज रुपमा स्वीकार गर्न नसकिरहेको अवस्थामा गैरदलित युवा र दलित समुदायकी युवतीबीच परिवारको सहमतीमा बैसाख २१ गते विवाह भएको हो । दुबैको हिन्दु बैबाहिक बिधि अनुसार बिबाह भएको हो ।
हाडजोर्नी दुख्छ भने यो सामग्री डिलिट हुनु अघि नै पढीहाल्नुहोस्!
‘हामीले समाज परिवर्तन आफैबाट सुरु गर्नुपर्छ भनेर परिवारको सहमतिमा विवाह गरेका हौं,’ विरेन्द्रले भने । बेहुलाका बुबा राजेन्द्रप्रसादले समाजमा समाजिक अन्तरघुलनका लागि अन्तरसमुदायमा मागी अन्तरजातिय बिवाह गरेको बताए । पुर्वेली न्युजबाट
Comment