News

मन्त्रिपरिषद् बैठक पाँच बजेलाई सर्‍यो, लकडाउन बारे निर्णय गर्ने

काठमाडौं, १४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण आज (आइतबार) २ बजे बोलाइएको मन्त्रिपरिषदको बैठक साँझ पाँच बजे बस्ने भएको छ ।प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बस्नु अगाडि कोभिड १९ क्राइसिस म्यानेजमेन्ट टिम (सीससएससी)सँग छलफल गर्नुहुने जानकारी गराइएको छ ।शनिबार (हिजो) बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई एक साता लम्ब्याउन सुझाव दिएको थियो । सोही अनुरुप आजको मन्त्रिपरिषदको बैठकले लकडाउन थप्ने/नथप्ने बारे निर्णय गर्ने जानकारी गराइएको छ ।यस अगाडि सरकारले घोषणा गरेको लकडाउन बैशाख १५ गते (भोलि) सकिदैछ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।

Related Articles

Back to top button
Close