Tuesday, May 17

पाथिभरा मन्दिर दर्शनका लागि परिक्रमा गर्दा गर्दै एक जनाको मृत्यु

March 28, 2022 190

काठमाडौ । पाथीभरा दर्शनका लागि मन्दीर परिक्रमा गर्ने बेहोस भएका एक जनाको निधन भएको छ । मन्दिर दर्शनका क्रममा सुनसरीको इटहरी नगरपालिका–९ का खिनबहादुर ढुंगानाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीका अनुसार ६० वर्षीय ढुंगाना मन्दिर परिक्रमा गर्ने क्रममा बेहोस भएर ढलेका थिए ।

प्राथमिक उपचार केन्द्र माथिल्लो फेदीबाट गएका स्वास्थ्यकर्मी उमानाथ पौडेलका अनुसार ढुंगानालाई प्रारम्भिक उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको भए पनि उनलाई बचाउन सकिएन । अस्पतालका चिकित्सिकले उनलाई मृत घोषणा गरेको र उनको शव शव गृहमा राखिएको अधिकारीले बताए ।

उनको निधनको वास्तविक कारण अझै खुल्न सकेको छैन । तर ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरामा उकालो जानेक्रममा लेक लागेको हुनसक्ने अनुमान गरिएको छ । ढुंगाना परिवारसहित पाथीभरा दर्शनका लागि पुगेका थिए । आइतबार माथिल्लो फेदीमा बसेर सोमबार बिहान उनीहरु मन्दिर दर्शनका लागि पुगेका थिए ।

Comment