News

लकडाउनले नेपाल सफा: नासाले सार्वजनिक गर्‍याे यस्ता तस्बिर

एजेन्सी। नेपालमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेको एक महिनाभन्दा धेरै भइसकेको छ । देशको अर्थव्यवस्थामा त्यसको प्रत्यक्ष प्रभाव परेको छ । तर देश प्रदूषणबाट वर्षैँपछि मुक्त भइरहेको छ ।

नदी सफा भएका छन् भने टाढा टाढाबाट पनि हिमाल तथा पहाड देखिएका छन् । देशैभरको वायुको गुणस्तरमा उल्लेख्य सुधार भएको अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ

नासाको अर्थअब्जरभेटरीले पछिल्लो चार वर्षको तस्बिर सार्वजनिक गरेको छ । जसमा पाकिस्तान, भारत, बंगलादेश र नेपालको अवस्थाबारेमा जानकारी दिइएको छ । धेरै कलकारखाना बन्द छन्, सडकमा गाडीको उपस्थिति कम छ । मानिसहरु पनि घरबाहिर निस्किएका छैनन् । त्यसैले वातावरण धेरैपछि प्रदूषण मुक्त भएको हो ।

नासाले वातावरणको क्षेत्रमा गहन अध्ययन भइरहेको जनाएको छ । अंतरिक्ष संस्था नासाले यी तस्बिर मोडरेट रिजोल्युसन इमेजिङ स्पेक्ट्रोरेडियोमिटर (MODIS) टेरा स्याटेलाइटबाट लिएको हो । लकडाउनका कारण प्रदूषण तिब्ररुपमा हट्दै गएको देखिएको छ ।

यो पनि पढ्नुस

एजेन्सी – चीन हुँदै विश्वभर फैलिरहेको को’रोना भाइरसका कारण अहिले विश्वभर १ लाख ९७ हजार भन्दा बढीको मृ-त्यु भइसकेको छ। को’रोनाका कारण सबै भन्दा बढी अमेरिकामा ज्यान गएको छ। हाल सम्म त्यहाँ ५२ हजार भन्दा बढीको ज्यान गइसकेको अवस्था छ। को’रोनाले पूरै विश्वलाई दिन सम्म पिडा दिएको छ। को’रोनाका कारण धेरैले आफ्ना परिवार गु’माएका छन्। कोरोनाको सबै भन्दा द’र्दनाक पि’डा यो छ की – को’रोना संक्रमण भएका व्यक्तिलाई न परिवारजनले भेट्न पाउँछन्, न त प्रियजनले।

को’रोनाका कारण ज्यान गु’माउनेहरुको अन्तिम सं’स्कारमा समेत परिवारजन तथा प्रियजन उपस्थित हुन पाउँदैनन्। तर, अमेरिकाका एक वृद्धले भने आफ्नो अ’न्तिम सास सम्म परिवारजनको साथ पाएका छन्। यधपी उनको प्रतक्ष्य साथ नभई फोनबाट साथ पाएका हुन्। उनले आफ्नो अन्तिम समय आफ्ना परिवारजनसँग फोनमा कुराकानी गरेर बिताएको बताइएको छ। अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार एबी एडेयर रीनहार्ड नाम गरेकी एक युवतीका पिता न्यूयोर्कको एक अस्पतालमा को’रोना भाइरसको उपचारको लागि भ’र्ना भएका थिए।

को’रोना संक्रमणका कारण गल्दै गएका आफ्ना पितासंग कुरा गर्ने उनको ठूलो इच्छा थियो। जसलाई पूरा गर्न अस्पतालका नर्सहरुले सहयोग गरे। फलस्वरूप उनी आफ्ना पितासंग लगातार ३० घण्टा सम्म जोडिइन्। “मलाई थाहा थियो, म मेरा पितासँग अन्तिम पटक कुरा गरिरहेको थिएँ। उनलाई देख्न, छुन नसकेपनि उनको अ’न्तिम सास सम्म फोनबाट भएपनि जोडिन पाएँ। मन भा’री भए पनि मैले उहाँसँग खुलेर कुरा गरें”,एबी भन्छिन्,”३० घण्टा कम भएपनि मेरो लागि त्यो क्षण सदा याद रहनेछ।”

Related Articles

Back to top button
Close