Saturday, May 21

नायिका पुजा शर्माको भब्य बर्थ डे पार्टी, प्रेमीले दिए यस्तो सर्प्राईज

May 5, 2022 944

नेपाली चलचित्र जगतमा दर्शकहरु माझ लोकप्रिय नायिका हुन् पुजा शर्मा । उनी आजबाट ३० बर्ष पुगेकी छिन् । प्रेम कहानी, रामकहानी जस्ता हिट फिल्म खेलेकी पुजाको लाखौ फ्यान फलोवर्स रहेका छन् ।

उनि नेपाली चलचित्र उद्योगकी एक चर्चित अभिनेत्री हुन् । सन् १९९२ अप्रिल ३० मा सिन्धुपाल्चोकमा जन्मिएकी पुजा ‘थ्री लबर’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन् । धेरै चलचित्रमा अभिनय गरेपनि फिल्म ‘प्रेम गीत’ उनको सबैभन्दा सफल चलचित्र हो ।

अभिनेत्री पूजा शर्मा यसै सातादेखि ३० वर्ष लागिन् । जन्मदिन मनाउन उनी शनिबार बिहानदेखि बेलुकासम्म व्यस्त रहिन् ।मन्दिरदेखि सुरु भएको उनको बर्थडे राति अबेर प्रेमी युद्ध बानियाँले होस्ट गरेको ‘क्लब फरेनहाइट’ सेलिब्रेसनमा टुंगिएको थियो ।

त्यही दिन वृद्धाश्रममा पुगेर उनले चामल बाँडिन् । लगत्तै फ्यानसँग दुई घण्टा बर्थडे मनाइन् । फ्यानले दुई लाख रुपैयाँभन्दा बढीका गरगहनासहितका गिफ्ट पूजालाई दिए ।प्रेमिकाको लागि युद्धले फरेनहाइटमा पार्टी आयोजना गरेका थिए, जहाँ उनी निकट कलाकार सहभागी थिए ।

पूजाले त्यहाँ पाँच पाउण्डको केक काटिन् । केही वर्षयता पूजा र युद्ध गम्भीर प्रेममा समेत छन् ।उनीहरु प्रेममा रहेको कुरा केही समय अगाडी मात्र सामाजिक संजालमा गरिएको कमेन्टबाट अड्कल गरिएको थियो । नायिका पुजा शर्माले केही समय अगाडी इन्स्टाग्राममा एक तस्विर शेयर गरिन् ।

उक्त तस्विरमा युद्ध बानियाले ‘साना’ भनेर प्रेम झल्काउने कमेन्ट गरेका छन्। त्यस्तै युद्धका तस्विरमा पनि पूजाले कमेन्ट गरेकी छिन्।

त्यसपछी पूजाले अभिनेत्री प्रियंका कार्कीको युट्युब च्यानलमार्फत सार्वजनिक भएको अन्तर्वार्तामा आफु प्रेममा रहेको कुरा खुलासा गरेको केही दिनमा नै पुजा शर्मा युद्ध बानिया नाम गरेका युवकसँग प्रेममा रहेको रहस्य बाहिर आएको हो ।

अहिले भने यी जोडी खुलेर हिड्न थालेका छन । अहिले यो जोडीको विभिन्न तस्बिरहरु सार्बजनिक भैरहन्छन । पुजाले तस्बिरहरु शेयर गर्दै लेखेकी छिन् ।स्रोतका अनुसार पूजा र युद्ध जेठमा इन्गेजमेन्ट र असारमा विवाह गर्ने तयारीमा छन् ।

‘असारमै बिहे गर्ने तयारी छ । असारमा नभए माघमा जसरी पनि हुन्छ,’ पूजा निकट स्रोतले भन्यो, ‘अहिले उनीहरु त्यहीअनुसार योजना बनाइरहेका छन् ।’ तस्बिर: क्लव फरेनहाइट ।

Comment