News

भारतमा लकडाउन खुकुलो, शर्तसहित पसल खोल्न दिइयो

नयाँ दिल्ली : कोरोना भाइरसक रोकथामका लागि भारतमा लगाइएको लकडाउन एक महिना पूरा भएको छ। केन्द्र सरकारले विस्तारै लकडाउनलाई खुकुलो बनाउँदै लगेको छ।यसैक्रममा गृह मन्त्रालयले शुक्रवार मध्यराति एक आदेश जारी गरेर शनिवारदेखि सबे राज्य र केन्द्र शासित प्रदेशमा दर्तावाला दोकानलाई केही शर्तसहित खोल्ने अनुमति दिएको छ।

यो छुट केबल ती पसललाई दिइएको छ, जुन नगर निगम र नगरपालिको सीमामा आउँदैनन्। शहरी क्षेत्रमा सपिङ मल र कम्प्लेक्स खुल्ने छैनन्। तर नगर निगम र नगरपालिकाको सीमामा आउने बस्ती क्षेत्र नजिकका सबै दोकान खुल्नेछन्।गृह मन्त्रालयले आफ्नो आदेशमा केही शर्त पनि राखेको छ। यस अनुसा सबै पसल सम्बन्धित राज्य/केन्द्र शासित प्रदेशको स्थापना अधिनियम अनुसार दर्ता भएको हुनुपर्नेछ। यी पसलमा अधिकतम ५० प्रतिशत कर्मचारीलाई मात्रै काम गर्न अनुमति मिल्नेछ।

अब दूध, फलफूल, खाद्यान्‍न जस्ता आवश्यक सामानका अलावा अन्य सामानका दोकान पनि खुल्नेछन्। तर यसका लागि सरकारका केही शर्त भने मान्‍नै पर्छ।शर्तहरुमा सामाजिक दूरी पालना गर्नैपर्छ। कुनै पनि दोकानमा ५० प्रतिशत भन्दा धेरै कर्मचारी राख्न पाइने छैन। सबैले मास्क लाउनुपर्नेछ। केन्द्र शासित प्रदेश या राज्यका स्थापना अधिनियम अनुसार यी दोकान दर्ता हुनैपर्नेछ।

तर अहिले तत्कालै शहरी सीमा भन्दा बाहिर मात्रै बजार कम्प्लेक्स खुल्नेछन्। शहर भित्र बजारमा दोकान र सपिङ कम्प्लेक्स खोल्ने अनुमति दिइएको छैन। शहरी सीमाको मतलब नगर निगम या नगरपालिकाको अधिनमा रहने क्षेत्र भनेर बुझ्‍नुपर्नेछ।

Related Articles

Back to top button
Close