International

यि जुम्ल्याहा दिदीबहिनीको लियो कोरोनाले ज्या’न

लन्डन — कोरोना भाइरस (कोभिड–१९) सं’क्रमणका कारण बेलायतमा तीन दिनको अन्तरालमा जुम्ल्याहा दिदीबहिनीको मृ’त्यु भएको छ । ३७ वर्षीया उनीहरु दुवैजनाको साउथ ह्याम्पटन जनरल अस्पतालमा नि’धन भएको हो ।

बालबालिकाको नर्स रहेकी केटी डेभिसको गत मंगलबार मृ’त्यु भएको थियो भने उनकी जुम्ल्याहा पूर्वनर्स एमा डेभिसको शुक्रबार सबेरै मृ’त्यु भएको हो । ‘उनीहरु सधैं संसारमा सँगै आएको र जाँदा पनि सँगै जानेछौं भनिरहन्थे,’ ।

मृ’तक केटी र एमाकी बहिनी जोले बताइन् । उनका अनुसार सँगै बस्दै आएका जुम्ल्याहा दिदीबहिनीमा एकै किसिमको स्वास्थ्य समस्या थियो र केही समययता अस्वस्थसमेत थिए । उनीहरु कति विशेष थिए भनेर वर्णन गर्न आफूसँग शब्द नभएको उनले बताइन् ।

‘उनीहरु जहिले अरुलाई सहयोग गर्न तत्पर रहन्थे । सानैदेखि उनीहरु डाक्टर र नर्स बनेर खेल्ने गर्थे,’ जोले भनिन्, ‘उनीहरुले आफ्ना बिरा’मीका लागि सक्दो गरे । अपवाद रहेका केट र एमाको मृ’त्यु भयो भनेर पत्याउनै सकिरहेको छैन ।’

कोभिड–१९ सं’क्रमणका कारण अति प्रभावित बेलायतमा शनिबार बिहानसम्म १९ हजार ५ सय ६ जनाको मृ’त्यु भइसकेको छ, जसमा नर्सको संख्या ५० रहेको ‘नर्सिङ टाइम्स’ ले उल्लेख गरेको छ । बेलायतमा हालसम्म १ लाख ४४ हजार ६ सय ३५ जनामा सं’क्र’मण पुष्टि भइसकेको छ ।

Related Articles

Back to top button