यसपटकको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगर पालिकाबाट स्वतन्त्र उम्मेद्बारी दिएका बालेन शाह यतिबेला चुनावी प्रचारप्रसारमा ब्यस्त छन्।उनी आफ्नो चुनाव चिह्न लौरो लिएर आम नगरबासीको घर-घरमा पुगिरहेका छन्।उनको साथमा उनीसँगै थुप्रै युवाहरू समेत हिँडिरहेका छन्।युवा प्रतिनिधित्व,कन्स्ट्रक्सन इन्जिनियरिङमा काम गरेको अनुभव तथा नगर बिकासको स्पष्ट भिजन नै उनलाई जिताउने प्रमुख आधारहरू हुन्।
यसाघिका काठमाडौँ महानगरका उमेदवार विद्या सुन्दर शाक्य को कार्यशैली र उनको असक्षम नेतृत्वका कारण रुष्ट बनेका नगरबासी यो पटक भने नेतृत्वको लागि आफ्नो जनमतलाई पुनर्विचार गर्ने पक्षमा छन्।बालेन आफैं भन्छन्,”धेरैजसो बिकासका कामहरू त मैले गर्दै आइरहेको कामसँग संबंधित छन्,त्यसको लागि योजना बनाउन मेरो लागि केही अप्ठ्यारो छैन।”
“त्यसैगरी मैले नाम र दामको लागि उम्मेद्बारी दिएको भन्नेहरू को लागि पनि म के भन्न चाहन्छु भने मैले विभिन्न विकास परियोजना,मेरो पुस्तेनी सम्पत्तिबाट पर्याप्त कमाइसकेको छु।मलाई कमाएर जमाउने भन्ने कुनै पनि लालच छैन।आजकाल त मैले बोलिदिएँ भने पनि पैसा आउँछ।म आफैं पनि एक स्थापित गायक हुँ,सबैले चिन्दै आइरहनुभएको छ।”
बालेनले विशेषगरी काठमाडौँको फोहोर व्यवस्थापन,सवारी नियन्त्रण,सार्वजनिक शौचालय,ढल व्यवस्थापन,अत्याधुनिक खालका प्रविधि सहित स्वास्थ्य बाहेक विधुत,खानेपानी मर्मत जस्ता अत्यावश्यक सेवाका लागि व्यवस्थित एम्बुलेन्स सेवा विस्तार गर्दै नगरबाट दिइने सेवालाई चुस्त दुरुस्त बनाइने उनको मूख्य प्राथमिकता रहेको छ।
उनी बजार,पसल,विभिन्न चोकचोकमा यतिबेला नगरबासी हरूसँग भेटघाट गर्दै आफ्नो चुनाव चिह्न लौरोमा मतदान गर्न आग्रह गर्दै हिँडिरहेका छन्।कृपया उनै आश लाग्दा स्वतन्त्र उमेदवार बालेन शाहलाई जिताउन अपिल गर्दै तल दिइएको भिडियो हेर्न समेत हार्दिक आग्रह गर्दछौं।(भिडियो हेर्नुहोस्)
Comment