News

कोरोना संक्रमित भेटिएपछि झापा दमक सिल

बैशाख / झापाको दमकमा हिजो साँझ एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि दमक सिल गर्ने निर्णय गरेको छ । गत चैत ४ गते यूनाईटेड अरव इरिमेट्स ( दुवई ) वाट घरआएका २८ वर्षे छोरासहित एकै परिवारका तीन जनामा विहिबार गरिएको आरटीडी परीक्षणमा तीनै जनाको एण्टीवडी पोजेटिभ देखिएको र ती मध्ये ६२ बर्षिय बुवामा भने पीसीआर परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सुरक्षा सर्तकर्ता थालिएको हो ।

संक्रमण पुष्टि भए लगत्तै नगरपालिकामा हिजो साँझनै बसेको बैठकले कोभिड १९ को संक्रमण देखिएको वडा आसपासका क्षेत्रमा थप कडाई गर्दे संक्रमितको ट्राभल हिस्टोरी तयार गर्ने निर्णय भएको नगरपालिकाकी प्रवक्ता तथा उपप्रमुख गीता अधिकारीले वताईन् ।

उनका अनुसार सो घर बिहिबार बेलुका देखि नै सिल गर्नुका साथै त्यस घर नजिकैको भुटानी शरणार्थी शिविर समेत सिल गरिएको छ । दमकमा पहिलो पटक संक्रमित नै परिवारमा देखिएकाले स्वास्थ सुरक्षामा थप चुनौती बढेको उनले वताईन् ।

विहिबार दमक– ३ का एकै परिवारका तीन जनामा गरिएको ¥यापिड टेष्टमा एण्टीवडी पोजेटिभ देखिएपछि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीरआर परीक्षणका क्रममा एक जनामा कोरोना संक्रमण देखिएको थियो ।

दमक अस्पतालको आइसुलेसनमा ती संक्रमित सहित ७ जना राखिएको र उनीहरुको अवस्था सामान्य रहेको छ । आज शुक्रबारसम्ममा दमकका विभिन्न ३ वटा क्वारेन्टाइनमा ४१ जना रहेका छन् ।

दमक ४ स्थित मानसरोवरमा २१ जना, दाहाल प्रतिष्ठानमा ६ जना र जामे मस्जिदको क्वारेन्टाइनमा १४ जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Related Articles

Back to top button
Close