News

चितवनका कोरोना संक्रमित युवक निको भए, डिस्चार्ज गरिँदै

काठमाडौं : चितवनका कोरोना भाइरस संक्रमित युवकको तेस्रो पटक गरिएको परीक्षणमा निको भएका छन्। तेस्रो पटकको परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै उनलाई शनिबार डिस्चार्ज गरिँदैछ।शुक्रबार भरतपुरको कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको पुनःपरीक्षणमा राप्ती नगरपालिका-८ का २७ वर्षीय युवकको रिपोर्ट नेगेटिभ आएको हो।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार कोरोना संक्रमण देखिएपछि दुईपटक पुनः परीक्षण गर्दा दुई पटक नै रिपोर्ट नेगेटिभ आएको छ ।यही रिपोर्टले युवक निको भएको उनले बताए। भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएकोले आजै डिस्चार्ज गरिने जानकारी दिउ।

ती युवकमा वैशाख ५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनी बेलायतबाट चैत ३ गते काठमाडौं आएर चैत ५ गते चितवन पुगेका थिए। उनीसँगै संक्रमित उनकी आमाको दोस्रो परीक्षण पोजेटिभ आएको थियो। उनीहरु दुवैजना भरतपुर अस्पतालको आइसोलेसन कक्षमा छन्।

Related Articles

Back to top button
Close