Intresting

शनिवारको दिन खानै नहुने यी चीजहरु

काठमाडौं – शनिवारको दिनलाई धार्मिक र महत्वपुर्ण बारको रुपमा लिने गरिन्छ । शनिवारको दिन कुनै नयाँ काम गर्दा पनि राम्रो मानिन्छ । यस दिनलाई हिन्दु धर्ममा शनिदेवतालाई न्यायको देवता मान्ने गरिन्छ ।

यस दिन खासगरी शनिदेवको पूजा गर्ने हुनाले उनलाई प्रशन्न पार्न विभिन्न कार्यहरु गर्नु जरुरी हुन्छ । शनिदेवलाई खुसी बनाउन यस दिन सरसियौँको तेल, कालो तिल आदि चढाउन उत्तम मानिन्छ। यस दिन शनिदेवलाई खुसी पार्न विभिन्न खानेकुराहरु पनि बार्नुपर्दछ ।

शनिदोष भएका व्यक्तिले केही खानेकुराहरु भूलेर पनि खान हुदैन । यस दिन सादा दूध तथा दही खानु हुदैन । खानैपरे दूध तथा दहीमा बेसार तथा सख्खर मिसाएर खान सकिन्छ ।

यस दिन आँपको अचार अर्थात अमिलो चिज खान हुदैन । त्यस्तै मुसुरोको दाल पनि खान हुदैन । यस दिन रातो खुर्सानी पनि प्रयोग गर्नु हुदैन । यस दिन रक्सी तथा मद्यपान पनि गर्नुहुदैन ।

Related Articles

Back to top button