Wednesday, May 18

रञ्जु दर्शनाले गरिन् बिहे

May 4, 2022 2513

काठमाडौँ- केही समयअघि विवेकशील साझा पार्टीबाट अलग भएको घोषणा गरेकी युवा नेतृ रञ्जु दर्शनाले विवाह गरेकी छन्।
उनी किशोर कुइँकेलसँग बुधबार विवाह बन्धनमा बाँधिएकी हुन्।

उनलाई विवाहको शुभकामना दिँदै ‘विवेकशील साझा’का पूर्वसंयोजक मिलन पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रन्जु र किशुजीलाई नयाँ यात्राको लागिलधेरै धेरै शुभकामना। वैवाहिक जीवन सुखद रहोस्। धेरै धेरै माया, सद्भाव र शुभकामना।’

गत फागुनमा दर्शना र कुइँकेलले इन्गेजमेन्ट गरेका थिए। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा उठेपछि उनी चर्चामा आएकी थिइन्। उनले तेस्रो मत प्राप्त गरेकी थिइन्।

Comment